कालिका लघुवित्तको ‘केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ‘केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको वीरेन्द्रनगर शाखाको आयोजनामा सुर्खेतको वीरन्द्रनगरमा कार्यक्रम गरिएको हो । सो अवसरमा प्ले कार्ड सहित र्याली पनि गरिएको थियो ।

कार्यक्रममा लघुवित्तको वीरेन्द्रनगर शाखाबाट गठित ४० वटा काकलका महिला विकास केन्द्रका प्रमुखहरूलाई वित्तीय साक्षरता सम्बन्धित प्रशिक्षण तथा वीरेन्द्रनगर शाखाबाट गठित १३६ केन्द्र मध्य उत्कृष्ट ४ केन्द्रहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका अनुगमन प्रमुख राजेन्द्र दुलालले कार्यक्रममा उपस्थित कालिका महिला विकास केन्द्रका प्रमुखहरूलाई प्रशिक्षण दिदैँ अन्य वित्तिय संस्थाहरूले जे जस्तो गरिरहेको भएपनि कांलिकाले कस्तो गरिरहेको छ भन्ने कुराले महत्व राख्ने बताए । ‘हाम्रा सदस्यहरूको समस्यालाई सम्बोधन गर्दै ब्याज घटाउँदै १५ प्रतिशतमा आइपुगेका छौ । बचतकर्ताको ब्याज बढाएर ७.५ प्रतिशत पुर्याएका छौ । अहिले अघुबित्त संस्थाले बचतकर्ताको घर आगनमै आएर बचत उठाँउछ । जति बचत गर्यो त्यतिनै बचत गरिदिएका हुन्छौ । विना भेदभाव कर्जा लगानी गरिरहेकै छौ ।’

कार्यक्रमका अध्यक्ष  तथा शाखा प्रमुख हस्तबहादुर पुनले भविष्यका लागि बचत अपरिहार्य रहेको स्मरण गराउँदै कार्यक्रमको समापन गरेका थिए । पुनले वित्तीय संस्थाहरु विरुद्धका गतिविधिलाई प्राथमिकता दिँदा हुने परिणाममाथि प्रश्न गर्दै सबै लघुवित्त संस्था र बचतकर्ताहरुको एकता र प्रतिरोधमा उत्रिनुपर्नेमा उनको जोड छ । कार्यक्रम वीरेन्द्रनगर शाखा कार्यालयका कर्मचारी चेतन आर.सी.ले संचालन गरेका थिए ।

 

You might also like

Comments are closed.