कालिका पावर कम्पनीको नाफामा उल्लेख्य सुधार

काठमाडौं । कालिका पावर कम्पनीको नाफामा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो आर्थिक वर्षमा ८ करोेड ५८ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ६ करोड १७ लाख ६७ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको इपिएस ९.८३ छ भने पिइ रेसियो ४७.२८ रहेको छ ।

गोरखाको दरौदीमा सञ्चालित ६.४ मेगावाट क्षमताको जलविद्युत परियोजनाले बिगत ८ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । परियोजनाको प्रवर्द्धक कम्पनी कालिका ग्रुप हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत र २०७८/७९ मा १० प्रतिशत बोशर सेयर वितरण गरेको थियो । गत आर्थिक वर्षबाट कम्पनीले शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश दिन सक्ने क्षमता राखेको छ । कम्पनीले बिगतमा पुस मसान्त भित्रै साधारणसभा सम्पन्न गर्दै आइरहेकोमा यस वर्षपनि छिट्टै साधारणसभा गर्ने तयारी भइरहेको जनाइएको छ ।

सुशासनलाई प्राथमिकतामा दिएर परियोजना सञ्चालन भइरहेको र कम्पनीले सधैं लगानीकर्ताको हितमा कार्य गरिरहेको प्रवन्ध निर्देशक भुपराज काफ्लेले जानकारी दिए । ‘यो विषम परिस्थितिमा पनि उल्लेख्य नाफा गर्न सक्नु कम्पनीको राम्रो पक्ष मान्नुपर्छ,’ उनले भने ।

You might also like

Comments are closed.