कालिञ्चोक दर्शन लिमिटेडको लाभांश वितरण हुने

काठमाडौं ।  कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ । आगामी वार्षिक साधारण सभाले यसलाई अनुमोदन गरेपछि शेयरधनीलाई लाभांश वितरण सुरु गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले शेयरधनीको हित र लगानीको मूल्य वृद्धि गर्दै आएका बेला यस निर्णयले शेयरधनीमा खुशी र सकारात्मक सन्देश दिएको विश्लेषकहरूले बताएका छन् ।

You might also like

Comments are closed.