काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने अवधि चैत १२ सम्म लम्बाएको छ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५% बराबर १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन अनुमति पाएको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। आवेदन न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म दिन सकिनेछ ।
आईपीओको रेटिङ अनुसार CARE Ratings Nepal ले कम्पनीलाई CARE-NP BB इस्यूअर रेटिङ दिएको छ ।
कम्पनीको ५ मेगावाट साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड र प्रतिमेगावाट लागत २४ करोड १४ लाख रहेको छ। विद्युत अनुमतिपत्र अझै २९ वर्ष ५ महिना बाँकी छ।
शेयर आवेदन बिक्री प्रबन्धक RBB Merchant Banking Limited मार्फत आयोजना कार्यालय, बिगु गाउँपालिका–८ तथा Nepal Bank Limited, Sindhu Bikash Bank र Nepal Investment Bank सिङ्गटी शाखाबाट दिन सकिनेछ। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।






Comments are closed.