विर्तामोडमा कामा ब्रान्डका ५ इलेक्ट्रिक भ्यान हस्तान्तरण, नयाँ १४ सिटको इलेक्ट्रिक भ्यान बजारमा

काठमाडौं । कामा ब्रान्डको इलेक्ट्रिक भ्यान नेपालमा लोकप्रिय बन्दै गएको छ । हालै, कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले विर्तामोडस्थित बिक्रेता बिराट अटो ट्रेडिङमार्फत एकैदिन ५ यूनिट भ्यानहरू ग्राहकलाई हस्तान्तरण गरेको छ ।

१४ सिट क्षमतायुक्त यी इलेक्ट्रिक भ्यानहरू यात्रुका लागि सहज र आरामदायी हुनुका साथै न्यून मर्मत खर्चका कारण व्यवसायिक प्रयोजनका लागि आकर्षक विकल्प बन्दै गएका छन् ।

भौतिक बनावट र प्रविधि दुवै हिसाबले कामा ESP 7 मोडल उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, मजबुत डिजाइन, र टिकाउ संरचना रहेको छ, जसले सहर तथा ग्रामिण दुबै भूगोलमा सहज रुपमा चलाउन मिल्ने बनाउँछ ।

यस भ्यानमा ५३.५६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जुन एक पटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्मको दूरी पार गर्न सक्ने क्षमता राख्दछ। साथै, ७० किलोवाट क्षमताको मोटरले उच्चतम पावर र टर्क उत्पन्न गर्ने हुँदा यो भ्यान सशक्त र भरपर्दो सवारी साधनको रूपमा स्थापित हुँदैछ ।

ईभी प्रविधिको लोकप्रियता बढ्दै गइरहेको वर्तमान परिवेशमा कामा भ्यानले नेपाली बजारमा व्यवसायिक सवारीको नयाँ विकल्प प्रस्तुत गरेको छ ।

You might also like

Comments are closed.