कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कति प्रतिशतले बढ्यो नाफा ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को पहिलो त्रैमासिक (त्रयमासिक) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समिक्षा अवधिसम्म बैंकले ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा बैंकले १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ भने बैंकको कर्जा–निक्षेप अनुपात (CD Ratio) ८६.३५ प्रतिशत रहेको छ । यसैगरी, बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात (NPL) ४.४१ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

हालैमात्र बैंकले नेपालको बैंकिङ इतिहासमै नयाँ उत्पाद ‘डोरस्टेप बैंकिङ’ सेवा सार्वजनिक गरेको थियो, जस अन्तर्गत ग्राहकहरूले घरमै बसेर डिजिटल माध्यमबाट बैंकिङ सेवा लिन सक्ने सुविधा पाउँछन् ।

गत महिना सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले आगामी दिनमा पनि ग्राहकमैत्री सेवा विस्तार, प्रविधिमैत्री उत्पाद विकास र आर्थिक सुदृढता वृद्धिमा निरन्तरता दिने जनाएको छ ।

You might also like

Comments are closed.