काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र काठमाडौं–ज्ञानेश्वरस्थित क्याफेफिलियाबीच बैंकका कर्मचारी तथा ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । दुवै संस्थाबीच भएको उक्त सहकार्यले सेवाग्राहीलाई फुड तथा बेभरेज सेवामा आकर्षक छुट उपलब्ध गराउँदै थप सुविधा प्रदान गर्ने उद्देश्य राखिएको छ ।
सम्झौताअनुसार कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले फुड र बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँगको आवद्धता प्रमाणित हुने कागजात प्रस्तुत गरेपछि ग्राहकले सहज रूपमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सहकार्यले बैंकसँग आवद्ध सम्पूर्ण सेवाग्राहीलाई विशेष लाभ दिलाउनेछ भने ग्राहकमैत्री सेवा विस्तारमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।



Comments are closed.