कामना सेवा र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै बैंकले अब निक्षेप सदस्यको हैसियतले सर्वसाधरणलाई सेवा सुविधा प्रदान गर्नेछ ।

पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा एक कार्यक्रमबीच आइतबार सिडिएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हाल सिडिएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु सिघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको बैंकले देशभर १२९ वटा शाखा, एउटा विस्तारित शाखा लगायत ७० वटा एटिएमबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.