सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी ४१ प्रदेशसभा सदस्यले मत दिएका छन् । प्रस्तावको विपक्षमा ११ मत परेको थियो ।

बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । ।

jutta mela

मुख्यमन्त्रीको प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सदस्यहरू नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा (एमाले) का चक्रबहादुर मल्ल, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा तारा जोशीले भाग लिएका थिए ।

प्रस्तावमाथि भएको छलफलपछि प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा मत संकलन गरिएको थियो । सभामुख भण्डारीले मत विभाजनको परिणामबारे जानकारी दिँदै प्रस्तावको पक्ष अर्थात हुन्छ भन्नेमा ४१ मत र प्रस्तावको विपक्ष अर्थात हुन्न भन्नेमा ११ मत परेको र उक्त सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत रहेकोले मुख्यमन्त्री शाहले प्रदेशसभाको बैठकबाट विश्वासको मत पाएको घोषण गरे ।

You might also like

Comments are closed.