सञ्चारकर्मी थापाद्वारा व्यवसायीलाई घरभाडामा सहुलियत 

पोखरा ।

कोरोना महामारीमा भएको बन्दाबन्दीले समस्यामा परेका भाडावाल व्यवसायीलाई सञ्चाकर्मी कञ्चन थापा र उनका श्रीमान नगेन्द्र कोइरालाले भाडा सहुलियत प्रदान गरेका छन् ।

पोखरा महानगरपालिका वडा न ५ पस्याङ् स्थित घरभाडामा रहेको ‘मल्टि स्टार मोटर प्रालि’ र स्टार जोनको शो रुमलाई तीन महिनाको ५० प्रतिशत भाडा छुट गरेको थापाले जानकारी दिइन् । “अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै समस्या छन् । व्यवसायनै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले तीन महिनाको घरभाडमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हौ ।” थापाले भनिन् । उनले एक पक्षीय रुपमा मात्र नहेरी विपत्को समयमा आपसी समझदारीबाट घरधनी र भाडावाल अघि बढ्नु पर्ने धारणा राखिन् ।

थापाका श्रीमान नरेन्द्र कोइरालाले मासिक ९० हजार भाडा रहेको घरभाडामा तीन महिनाको एक लाख पैतिस हजार  छुट गरेको र सम्झौता अनुसार प्रत्येक दुई बर्षमा बढाउँदै आएको १० प्रतिशत भाडा एक वर्ष नबढाउने निर्णय गरेको जानकारी दिए ।

You might also like

Comments are closed.