कञ्चनले गरायो आफ्ना कर्मचारीको ‘कोरोना बिमा’, तपाईले कहिले गर्ने ?

पोखरा । कञ्चन प्रिन्टर्स न्युरोड पोखराले आफ्ना कर्मचारीको कोरोना बिमा गरेको छ । कञ्चन प्रिन्टर्समा कार्यरत ३० जना कर्मचारीको बिमा गरेको सञ्चालक चिन्तामणि बास्तोलाले जानकारी दिए ।

कर्मचारीमा कोरोना पोजेटिभ देखिएमा बिमा बापतको ५० हजार रुपैयाँ बिरामी अथवा बिरामीका परिवारले तत्काल प्राप्त गर्न सक्नेछन् । कञ्चनले शिखर इन्स्योरेन्समा बिमा गराएको छ ।

पछिल्लो समय कोरोना बिमा गराउनेहरु बढिरहेको पोखरा शाखा प्रवन्धक शिव सुवेदीले जानकारी दिए ।

You might also like

Comments are closed.