कंगारु एजुकेशन फाउण्डेसन १६औं वर्षमा प्रवेश

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेसन १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कंगारुको प्रधान कार्यालय पुतली सडक काठमाडौंमा शुक्रबार कर्मचारी, विद्यार्थी, अभिभावकहरुसँग शुभकामना आदानप्रदान गरिएको छ ।

वार्षिकोत्सवका अवसरमा कंगारुका प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले विद्यार्थी, अभिभावक, कर्मचारी, विदेशस्थित सम्पूर्ण कलेज तथा युनिभर्सिटी लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुमा आभार तथा कृतज्ञता व्यक्त गरेका छन् ।

कंगारुको शाखा कार्यालय नेपालमा काठमाडौं, पोखरा, चितवन, बिर्तामोड, इटहरि, बुटवल र नेपालगञ्जमा छ । अष्ट्रेलियाको सिड्नी, एडिलेड र पास्मानियामा शाखा सञ्जाल छन् ।

१५ वर्षको अवधि कठिन र चुनौतिपूर्ण रहेपनि हजारौं विद्यार्थीको सपना साकार पार्न सहयोग गर्न सकेकोमा तिमल्सिनाले खुसी व्यक्त गरेका छन् । ‘आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको रोजाईमा कंगारु पर्न सफल रहेको उनले बताए । अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडाका लागि कंगारुले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.