‘कंगारु अल नेपाल रोड सो’ काठमाडौंमा सम्पन्न, अन्य शहरमा पनि हुने

काठमाडौं । कंगारु एजुकेशन फाउन्डेसनको आयोजनामा ‘अल नेपाल रोड सो इनहाउस इभेन्ट’ काठमाडौंमा सम्पन्न भएको छ । कंगारुको मुख्य कार्यालय पुतलीसडकमा कार्यक्रम भएको हो । इभेन्टमा ५ सय भन्दा बढी विद्यार्थी सहभागी भएको बताइएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी कंगारुले रोड सो कार्यक्रम गरेको हो ।

युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियाका ३० वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि इभेन्टमा सहभागी थिए । विद्यार्थी र अभिभावकलाई ‘फस्ट ह्याण्ड इन्फरमेसन’ प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए । ‘उद्देश्य अनुसार काठमाडौंको कार्यक्रम सफल भएको छ,’ उनले भने ।

काठमाडौंमा इभेन्ट सम्पन्न भएसँगै अब अन्य शहरमा पनि उक्त इभेन्ट हुनेछ । अगस्ट १५ मा बिर्तामोड, १६ मा इटहरी, १८ मा चितवन, २० मा बुटवल र २२ मा पोखरामा कार्यक्रम हुनेछ ।

काठमाडौंमा जस्तै अन्य शहरमा हुने इभेन्टमा पनि विद्यार्थीको आकर्षण देखिने तिमल्सिनाले विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.