परामर्श सेवामा अग्रणी पहिचान बनाउन सफल कंगारु एजुकेशनको १८ वर्षे यात्रा

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिनका लागि अग्रणी पहिचान बनाउन सफल कंगारु एजुकेशन फाउन्डेसनले स्थापनाको १८औं वर्ष पार गरेको छ । १८ वर्ष अगाडि अप्रिल ३० मा कम्पनीकोे स्थापना भएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, विदेशस्थित विभिन्न कलेज तथा युनिभर्सिटी, सरोकारवाला लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

‘विद्यार्थी र अभिभावकको विश्वास र मायाकै कारण हामीले १८ वर्षसम्मको यो अवधिमा परामर्श सेवा क्षेत्रमा उत्कृष्ट पहिचानसहित कम्पनीलाई उभ्याउन सफल भएका छौं,’ तिमिल्सिनाले भने, ‘आगामी दिनमा पनि अझै बढी विश्वास जित्नेमा विश्वस्त छौं ।’ विद्यार्थीको चाहना अनुसारको सेवा प्रदान गरिरहेकाले पनि कम्पनी धेरैको रोजाईमा पर्न सफल भएको उनले बताए । आजको दिनसम्म आउँदा कँगारुबाट १५ हजार भन्दा बढी विद्यार्थीले सेवा लिइसकेका छन् ।

कँगारुले युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेका छौं ।

jutta mela

पछिल्लो समय प्लस टु पछि प्राय विद्यार्थीको रोजाईमा वैदेशिक अध्ययन प्राथमिकतामा पर्ने गरेको छ । कंगारुले काठमाडौंसहित देशका अन्य मुख्य शहरमा पनि शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले नेपाली विद्यार्थीको आवश्यकतालाई ध्यान दिएर समय समयमा विदेशमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेट गराउँदैे आएको छ । ‘हामीले विद्यार्थीलाई सत्य तथ्य जानकारी मात्रै दिन्छौं । हामीसँग आबद्ध काउन्सिलरहरु लामो समयको अनुभवी तथा सर्टिफाइड हुनुहुन्छ,’ उनले भने, ‘विदेशमा गएर अध्ययन गरी त्यहाँको अनुभव संगालेको टिम हामीसँग छ । जसले गर्दा विदेश जान चाहने विद्यार्थीलाई त्यहाँको वास्तविक समस्या तथा अवसरका बारेमा जानकारी गराउन हामी सक्षम छौं ।’

यसैबीच, कम्पनीले वार्षिकोत्सवको अवसरमा वर्षेनी सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम गर्ने गरेको छ । यो वर्ष वार्षिकोत्सवको अवसरमा कम्पनीले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

You might also like

Comments are closed.