काठमाडौं । कंगारु एजुकेशन फाउन्डेशनले देशभरका विद्यार्थीलाई अन्तर्राष्ट्रिय अध्ययनका अवसरबारे जानकारी गराउने उद्देश्यले “All Nepal Roadshow Education Fair 2025” सञ्चालन गर्ने भएको छ।
शैक्षिक मेला सन् २०२५ अगस्ट १० देखि अगस्ट १७ सम्म सञ्चालन हुनेछ, जसमा अष्ट्रेलिया, न्यूजील्यान्ड, बेलायत, अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई केन्द्रित गरिनेछ। “नेपालभरी उज्जवल भविष्यको यात्रा” भन्ने नारासहित आयोजना गरिने यस फेयर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ।
रोड शो तालिका
अगस्ट १० – बिर्तामोड
अगस्ट ११ – विराटनगर
अगस्ट १२ – चितवन
अगस्ट १३ – पोखरा
अगस्ट १४ – बुटवल
अगस्ट १५–१७ – काठमाडौं
विद्यार्थी तथा अभिभावकहरूले अन्तर्राष्ट्रिय शिक्षा, छात्रवृत्ति, भिसा प्रक्रिया, र विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्न पाउनेछन् । कंगारु एजुकेशन फाउन्डेशनले यो अभियानबाट हजारौं विद्यार्थीलाई विदेश अध्ययनको दिशामा मार्गदर्शन हुने विश्वास व्यक्त गरेको छ।
अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने लक्ष्यसहित आयोजना गरिएको उक्त शैक्षिक यात्राले देशभरका युवाहरूको भविष्य उज्यालो बनाउने आशा गरिएको छ ।
Comments are closed.