कान्तिपुर मलले सञ्चालन गरेको दसैँ तिहार योजनाका विजेता सार्वजनिक

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दसैँ तिहार योजनाको विजेता यमुना वाग्ले (काठमाडौँ)ले प्राप्त गरेकी छन् ।

कान्तिपुल मल व्यवस्थापनले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन घटस्थापनादेखि छठ पर्वसम्म सञ्चालन गरेको उपहार योजनामा  लक्की ड्रमार्फत वाग्ले प्रथम भएकी हुन् । प्रथम भएसँगै वाग्लेले यामाहा कम्पनीको १५० सिसीको मोटरसाइकल प्राप्त गरेकी छन् । लक्की ड्रमार्फत दोस्रो विजेता चितवनको समिर भट्टराई भएका छन् । दोस्रो भएसँगै भट्टराईले यामाहा कम्पनीको १२५ सिसीको स्कुटर प्राप्त गरे । यस्तै, तेस्रो विजेता लमजुङको सरिता अधिकारी भएकी छन् । तेस्रो भएसँगै अधिकारीले ४२ इञ्चको टिभी प्राप्त गरिन् । चौथो चन्द्रा खड्का भएकी छन् । उनले फ्रिज प्राप्त गरिन् ।

कान्तिपुर मलमा घटस्थापनदेखि छठसम्म रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान खरिद गर्न आउने ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको उपहार योजनाअन्तर्गत १० जनालाई सान्वना पुरस्कार प्रदान गरिएको छ । सान्वना पुरस्कारमा घडी, रेडियो, आइरन, थर्मसलगायत सामग्री छन् ।

लक्की ड्र कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले कान्तिपुर मलले सबै वर्गलाई ग्राहकलाई लक्षित गरेर पसल सञ्चालन गर्दै आएको जानकारी दिए । “धनीदेखि मध्यम वर्ग र न्यून आय भएका ग्राहकलाई लक्षित गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छौँ”, उनले भने । घटस्थापनादेखि छठसम्म कान्तिपुर मलमा १८ हजार व्यक्तिले सामान खरिद गरेका थिए । दुई दशक पहिले स्थापना भएको कान्तिपुर मलमा २ सय भन्दा बढी पसल छन् ।

lcci
You might also like

Comments are closed.