काठमाडौं । कोभिड–१९ का कारण केही समय बन्द रहेको संसारको पर्यटन क्षेत्र पुनः सुचारु भएको छ । विभिन्न प्याकेजसहित संसारभरका होटलहरुले पर्यटकहरुलाई आकर्षित गर्न सुरु गरिसकेका छन् । होटलहरु सञ्चालनमा आएसँगै रोजगारका लागि जनशक्तिको मागसमेत बढ्न थालेको छ ।
विदेशका प्रशिद्ध तारे तथा अन्य होटलहरुले हस्पिटालिटी क्षेत्रमा काम गर्ने कामदार माग गर्न सुरु गरेको कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका अध्यक्ष विजय पौडेल बताउँछन् । ‘विश्वको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ,’ उनले भने, ‘होटलहरु खुल्न थालेसँगै कामदारहरुको माग पनि आइरहेको छ ।’
विदेशका होटलहरुले नेपाली कामदारहरुलाई प्राथमिकतामा राख्ने गरेको पौडेल बताउँछन् । स्याङ्जाका सुजन नेपाली, नवलपरासीका तिलबहादुर क्षेत्री र तनहुँका हेमचन्द्र गुरुङ माल्दिभ्सको माफुसिभारु होटलमा काम गर्नका लागि त्यसतर्फ शुक्रबारमात्रै उडिसकेका छन् । उनीहरुमात्रै होइन अन्य धेरै जना विदेशका होटलमा काम गर्न जाने तयारीमा रहेको पौडेल बताउँछन् । ‘कोभिड १९ का कारण रोजगारीमा रहेकाहरु केही घर फर्किएका र केहीको भिसा सकिएकाले पनि नयाँ कामदारहरुको खोजी भइरहेकोछ,’ पौडेलले भने ।
विदेशका होटलहरुसँग सहकार्य गर्दै कान्तिपुर टुरिजम कलेज
पर्यटन क्षेत्र सुचारु भएसँगै कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरासँग विदेशका केही प्रशिद्ध होटलहरुले सम्झौता गरी कामदार माग गरेको पौडेलले जानकारी दिए ।
माफुसिभारु माल्दिभ्स, आवुदावी नेशनल होटल आवुदावी, पार्क हायत दोहा कतार, आल्गालिया साउदी अरब, मार्सा मालाज केन्पेन्सकी दोहा कतार, एमएच अल्साया ग्रुप, कन्सटेन्ट माफुसी माल्दिभ्स, मोन्ड्रियन दोहा कतार, टेक्सस रोड हाउस कुबेत, इमेरल्ड माल्दिभ्स रिसोर्ट एण्ड स्पा, हिल्टन युएइ, रिकसक्स बब अलबर युएइ, फुरभेरी आइजल्याण्ड रिसोर्ट माल्दिप्स लगायतका होटलले कलेजसँग सम्झौता गरेको पौडेलले जानकारी दिए ।
इण्डियन कुक, कन्टिनेन्टल कुक, चाइनिज कुक, बेकरी कुक, बार टेण्डर, बारिष्टा, बुचरी सेफ, हाउस किपिङ, वेटर, वेट्रेसका विद्यार्थीहरुले ती होटलहरुमा अन्तर्वार्तासमेत दिइरहेको पौडेलले बताए । ‘विद्यार्थीहरु नेपालका मेनपावरबाट एप्लाई गरी कामका लागि विदेश जाने तयारीमा छन्,’ उनले भने ।
Comments are closed.