कपडा व्यवसायीको क्षमता अभिबृद्धि गर्न अभिमुखीकरण तालिम

काठमाडौं । कपडा व्यवसायीलाई लक्षित गरी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको समन्वयमा व्यवसाय व्यवस्थापनमा एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । कपडा व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा डेढ सय भन्दा बढी सिलाई व्यवसायीहरुको उपस्थिति रहेको बताइएको छ । मोटिभेश्नल स्पिकर, सेल्स एण्ड मार्केटिङ क्षेत्रका जानकार विदुर फुयाँलले व्यवसायीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राम प्यारा छिनाल, गण्डकी प्रदेश सदस्य ममता बस्याल लगायतको उपस्थिति थियो । कार्यक्रमको संयोजन नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका सदस्य बिनु श्रेष्ठ गरेकी थिइन् । संघका सचिव बासुदेब पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागीलाई अध्यक्ष कार्कीले अभार एवं धन्यवाद ज्ञापन गरेका छन् । ‘व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्नेछौं ।’

 

You might also like

Comments are closed.