कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा रामचन्द्र

पोखरा । कपडा व्यवसायी एसोसिएसन, कास्कीको अध्यक्षमा रामचन्द्र तिमल्सिना (ढाकाटोपी बाजे) निर्वाचित भएका छन् । शनिबार सम्पन्न २५औं साधारणसभा तथा १३औं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । सदस्यहरुको हकहितमा काम गर्ने उनको प्रतिबद्धता छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चोक बहादुर गुरुङ, उपाध्यक्षमा पूर्ण बहादुर थापा, महासचिवमा नारायण अधिकारी, सचिवमा जुना नराल क्षेत्री, कोषाध्यक्षमा दीपेन्द्र आचार्य निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.