‘सस्तो शुल्कमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा चरकबाट प्रदान गर्छौं’

कपिल पोखरेल, प्रवन्ध निर्देशक, चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा

पोखराको नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सेवासुविधा तथा प्रविधिसहित चरक मेमोरियल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ । नेपालमा कोरोनाको प्रकोप सुरुभएसँगै हस्पिटलले कोरोनाको उपचार सुरु गरेर राज्यलाई सहयोग गरेको थियो । अहिले कोरोना संक्रमितको उपचार सरकारले सरकारी अस्पतालमै गर्न सुरु गरिसकेपछि हस्पिटलले कसरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ? यो विषयसहित हस्पिटलसँग सम्बन्धित रहेर प्रवन्ध निर्देशक कपिल पोखरेलसँग आर्थिक आवाजले गरेको कुराकानीः

केही समय कोरोनाका बिरामीको उपचारमा पनि यहाँहरु संलग्न हुनुभयो । अहिले कोरोनाका बिरामीको उपचार सरकारी अस्पतालमा राज्यले नै गर्ने भनेको छ । अहिले कसरी स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ ?

हामी अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्न सफल भएका छौं । यससँगै विभिन्न सेवा तथा सुविधा पनि थप गरेका छौं । यस क्षेत्रका बिरामी उपचारका लागि काठमाडौं जान नपरोस् भन्ने हाम्रो उद्देश्य हो । नागढुङ्गाको सुविधासम्पन्न भवनमा हामी सर्यौं । त्यसको शुरुवातमा नै नेपाल लगायत विश्वलाई नै कोरोनाले आक्रान्त बनायो । कोरोनाको उपचार पनि हामीले शुरु गर्र्यौं । सारा विश्व नै डराइरहेको समयमा करिब ८ सय भन्दा धेरै कोरोना संक्रमित विरामीको उपचार गर्यौं । अहिले नेपाल सरकारले निर्देशिका जारी गरेको छ । कोरोनाको उपचार सरकारी हस्पिटलले नै गर्छौं भनेर । त्यसैअनुशार हामीले कोरोनाको उपचार गरेका छैनौं । कोरोनाको उपचार गरेका ठाउँलाई पूर्ण रुपमा फेविकेटेड गरेका छौं । हस्पिटल आउन बिरामी डराउनुपर्ने अवस्था छैन ।

jutta mela

हस्पिटल सञ्चालनमा ल्याउनुको उद्देश्य के हो ?

विभिन्न रोगको उपचारमा हामी लागिरहेका छौं । बिरामीलाई फरक तथा धेरै सेवा सुविधा दिने उद्देश्यले हामीले हस्पिटल सञ्चालनमा ल्याएका हौं । हृदयघात, न्युरो सर्जरी लगायतका सेवा पोखरामा नभएकाले काठमाडौं जानुपर्ने बाध्यता थियो । हामीले यी सेवा पनि सञ्चालनमा ल्याएका छौं । काठमाडौंमा हुने उपचार पोखरामा पनि हुनुपर्छ र आम मानिसलाई सहज बनाउनुपर्छ भन्ने उद्देश्यले नै हामी थप सेवा र सुविधाका साथ संचालनमा आएका छौं । दक्ष जनशक्तिसँगै उच्चतम प्रविधि पनि हामीसँग छ । उपचारका लागि राजधानी काठमाडौं र विदेशसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न नै चरक मेमोरियल हस्पिटलको स्थापना भएको हो ।

 

हस्पिटलबाट के कस्ता सेवा प्रदान गरिरहनुभएको छ ?

पोखरामा नभएर काठमाडौं तथा दिल्ली जानुपर्ने अवस्थाका रोगको उपचार पनि हामीले गर्न थालेका छौं । स्पाइन सर्जरी शुरु गरेका छौं । अब दिल्ली तथा काठमाडौं जानुपर्ने बाध्यता छैन । ओपनहार्ट सर्जरी र किड्नी ट्रान्सप्लान्ट बाहेक काठमाडौंमा हुने अरु सबै सुविधा हाम्रोमा छ । क्याथ ल्याब आइसकेको छ । हार्टको एन्जिओप्लाष्ट सेवा यहीबाट शुरु हुन्छ । न्युरो सर्जरीको सेवा उपलब्ध भइरहेको छ । पोखरामा निजी क्षेत्रमा नै पहिलो पटक क्याथ ल्याब हामीले संचालनमा ल्याएका छौं । न्युरो सर्जरी सेवा पनि २४सै घण्टा उपलब्ध छ । विपन्न वर्गका बिरामीको लागि सरकारले छुट्याए अनुसार नै निःशुल्क डायलाइसिस सर्भिस छ । जनरल सर्जरी, फिजिसियन, आँखाको उपचार, डर्माटोलोजी, कपाल प्रत्यारोपण, सिटी स्क्यान, एमआरआई, २४ घण्टा इमर्जेन्सी सेवा, ल्याब लगायत सम्पूर्ण सेवा हामीले प्रदान गरिरहेका छौं ।

भौतिक संरचना पनि ठुलो छ । सेवा तथा सुविधाका आधारमा कत्तिको महंगो छ ?

हाम्रो भवन तथा उपचार पद्धती देखेर महंगो छ होला भन्ने बिरामीले सोच्नुहुन्छ । म त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु । हामीले व्यवहारिक तरिकाले नै शुल्क निर्धारण गरेको छौं । अरुले लिने बराबर कै शुल्क लिन्छौं । धेरै केहीमा पनि लिएका छैनौं । ल्याब टेष्टको शुल्क एसोसिएसनले बनाए बमोजिम कै छ । मेलानले निर्धारण गरेको चार्ज नै हामी लिन्छौं । एक्स्ट्रा कुनै पनि चार्ज लिएका छैनौं । सर्जरीको पनि केस हेरेर रेट निर्धारण गरेका छौं । नेपाल सरकारले तोकेको ओपिडी चार्ज अनुशारको गाइडलाइनमा नै हामी चलेका छौं । ठुलो विल्डिङ छ, महंगो होला भन्ने भ्रममा नपर्नुहोला । सेवा लिएर हेर्न म अनुरोध गर्दछु । कहिले काही सर्भिसका क्रममा केही कमजोरी हुन सक्छन् त्यस्तो भएमा सम्वन्धित निकायमा खबर गर्न पनि म अनुरोध गर्दछु । उजुरी पेटिकामा पनि सुझाव राख्न सक्नुहुन्छ । सुझावलाई हामी मनन गर्नेछौं । उचित मूल्यमा राम्रो उपचार दिने हाम्रो उद्देश्य हो ।

उपचारको लागि केकस्ता विधि तथा प्रविधि प्रयोग हुने गरेको छ ?

हामीले जर्मन कम्पनीको सिमेन्स, ड्रागर लगायत विश्व प्रख्यात कम्पनीका उपकरण प्रयोग गरेका छौं । यहाँ सेवा लिन आउने बिरामीले सबै उपकरण देख्नुभएको छ । संसारमा सबैभन्दा धेरै चलेका उपकरण हामीसँग छन् । सिटी स्क्यानको कुरा गर्ने हो भने सिमेन्सको सबैभन्दा पछिल्लो उत्पादन हामीसँग छ । त्यसबाट नै सेवा प्रदान गरिरहेका छौं । बिरामीले पनि लेटेस्ट विधि तथा प्रविधिबाट नै उपचार गर्न चाहनुहुन्छ । मोड्युलर ओ टी छ । अपरेसन गरेका विरामीमा इन्फेक्सन नहोस र डाक्टरलाई पनि ओ.टीमा काम गर्न सहज होस भन्ने तरिकाले ओ टीमा काम गरिरहेका छौं ।

जनशक्तिको अवस्था कस्तो छ ?

हामीसँग दक्ष तथा अनुभवी जनशक्ति हुुनुहुन्छ । मेडिसिन, न्युरो सर्जन, स्पाइनल सर्जन, डर्माटोलोजिष्ट, रेडियोलोजिष्ट लगायतमा फुल टाइमर जनशक्ति हुनुहुन्छ । नर्सिङमा पनि दक्ष हुनुहुन्छ । क्याथ ल्याबमा पनि तालिम प्राप्त जनशक्ति हुनुहन्छ । समय समयमा विभिन्न तालिममा पनि हामी सहभागी गराउछौं जसले नयाँ कुरा सिक्ने अवसर प्रदान गर्छ ।

बिरामीलाई के भन्न चाहनुहुन्छ ? प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

चुनौतीका बाबजुत पनि हामीले विरामीको उपचारका लागि विभिन्न सेवा तथा सुविधा लिएर आएका छौं । बिरामीलाई म के भन्न चाहन्छु भने हस्पिटलमा आएर उपचार गर्नुहोला र प्रतिक्रिया तथा सुझाव दिनुहोला । सुधार गर्नुपर्ने कुरा हामीलाई भन्नुहोला । हामी सुधार गर्दै जानेछौं । सञ्चालन शुरु भएपछि बिरामी आउने क्रम बढ्दै गइरहेको छ । गण्डकी प्रदेशका प्राय सबै जिल्लाबाट बिरामी आउनुभएको छ । हामीले फिडब्याक पनि लिएका छौं । उहाँहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । हाम्रो सेवा तथा सुविधाबाट सन्तुष्ट भएको हामीले पाएका छौं ।

गण्डकी प्रदेशको उत्कृष्ट हस्पिटल भन्ने आधार के छन् ?

स्रोत, साधन, जनशक्ति तथा हामीले प्रदान गर्ने सेवा र सुविधाका कारण नै हामी गण्डकी प्रदेशमा १ नम्वरमा छौं भन्ने दावी गर्न सक्छौं । यो हस्पिटलकै लागि भनेर डिजाइन गरिएको विल्डिङ हो । शैक्षिक संस्था वा प्राइभेट घरलाई हस्पिटल बनाएको होइन । हेलिप्याड सहितको प्राइभेट हस्पिटल हो । छिट्टै उद्धार गर्न सकियोस् र बिरामीले उपचार नपाएका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य हाम्रो छ ।

You might also like

Comments are closed.