सबै व्यवसायीलाई समेटेर नाडाको नेतृत्व गर्नेछु (अन्तर्वार्ता)

करण चौधरी, अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)

नाडाको आगामी कार्यकालका लागि अध्यक्षमा सिजी होल्डिङसका कार्यकारी निर्देशक करण चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षका उनको मात्रै मनोनयन परेसँगै सर्बसम्मत नेतृत्व चयन सफल भएको हो । शुक्रबार सम्पन्न ४७औं साधारण सभाले उनको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति घोषणा गरेको हो । यसैक्रममा चौधरीसँग उनको आगामी योजना लगायत समसामयिक विषयमा गरिएको कुराकानीः

नाडाको अध्यक्षमा सर्बसम्मत निर्वाचित हुनुभएको छ । सबैले तपाईंलाई अध्यक्ष स्वीकार्ने अवस्था कसरी बन्यो ?

मेरो कारणले भन्दा पनि नाडामा चुनाव नचाहने साथीहरुको मत बढी भएकाले सहमति गर्न सफल भएका हौं । समय, परिस्थिति र सबै साथीहरुको चाहनाले नै सहमति सम्भव भएको हो । मलाई अध्यक्षमा सर्बसम्मत बनाउने सम्पूर्ण साथीहरुप्रति आभारी छु ।

jutta mela

यो सहमतिलाई कसरी लिनुभएको छ ?

सहमति भनेकै चुनौती हो । पदका लागि सहमति जुट्यो तर आगामी दिनमा सहमति र एजेण्डामा कसरी गेम रच्ने भन्ने कुरा आगामी २ वर्षको कार्यकालले निर्धारण गर्नेछ । सबैलाई समेटेर कार्यकाल सफल बनाउन सक्दा त्यो सहमतिले पनि सार्थकता पाउनेछ । अब म पनि सहमतिको भावना अनुसार अगाडि बढ्नेछु । सबै साथीहरुलाई समेट्नेछु । टिमको सहमति भनेकै हाम्रो एजेन्डामा हो । त्यही एजेन्डालाई आत्मसात गरी व्यावसायिक हितमा काम गर्नेछौं । पलायन हुने अवस्थामा पुगेका व्यवसायीलाई कसरी जोगाउने भन्नेमा हामी केन्द्रित रहनेछौं ।

सहमतिमा अध्यक्ष निर्वाचित भएसँगै चुनौती बढेको महसुस गर्नुभएको छैन ?

मलाई पहिलो चुनौती मनोनयनको दिनमा थियो जहाँ अध्यक्षसहित १७ जना छान्नुपर्ने थियो । सबै टिमबाट हामीले सहमति जुटाउनुपर्ने थियो । सहमति जुटाउन सफल पनि भयौं । यसलाई सबै व्यवसायीको जितका रुपमा हेर्न सकिन्छ । अध्यक्ष पद आफैमा चुनौतीपूर्ण नै मान्नुपर्छ । समय र परिस्थिति पनि चुनौतीपूर्ण नै छ । चुनौतीको सामना गर्दै सकारात्मक सोचका साथ हामी संस्थालाई सवल र सक्षम बनाउनेछौं ।

तपाईंको प्रमुख प्राथमिकता कुन काममा रहनेछ ?

बिजनेशका हिसाबले भेन्टिलेटरमा नै पुगिसकेका व्यवसायीलाई बचाउनु मेरो पहिलो दायित्व हो । दोस्रो कुरा भेन्टिलेटरमा पुग्ने अवस्थामा रहनुभएका व्यवसायीलाई बचाउने हो । जो डिक्लेयर डेडको अवस्थामा हुनुहुन्छ उहाँहरुलाई रिभाइभ कसरी गर्न सकिन्छ त्यो मेरो तेस्रो दायित्व हो । यो हिसाबमा फोकस गरेर म अगाडि बढ्ने विचारमा छु । काम कसरी गर्न सकिन्छ, कसरी गर्न सकिदैन भन्ने कुराको निश्चित गरेर हामी कार्ययोजना नै बनाउनेछौं ।

व्यावसायिक समस्या समाधान गर्न र नीतिगत सुधार ल्याउन सरकारलाई कसरी दबाब दिनुहुन्छ ?

अहिले चलिरहेको छ कि इभीमा कर बढ्ने भन्ने कुरा । इभीमा कर बढाइयो भने अटो सेक्टरलाई धरातलभन्दा पनि तल पु¥याउँछ । अहिले चलायमान भनेको इभी बिजनेश हो । इभी बिजनेश पनि तल गयो भने धेरैको व्यालेन्ससिट बिग्रनेवाला छ । आयातकर्तामात्र होइन पार्टस् व्यवसायीलाई पनि संरक्षण गर्नुपर्ने छ । गाडीहरु नचलेर रिपेयरमा जान सकेका छैनन् । यी सबै मुद्धालाई समग्र रुपमा समेट्न सरकारसँग बसेर सुमधुर वातावरणमा कुराकानी गर्नेछौं । वार्ताबाट निकास नआएमा घुर्कि लगाएर हुन्छ कि झगडा गरेर हुन्छ म काम गरेरै छोड्ने छु ।

अबको अटो बजार कस्तो रहने अनुमान गर्न सकिन्छ ?

अब आउँदो बजारको निर्धारण करले गर्नेछ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा पनि यो कुरा आउनेवाला छ । हामी आगामी बजेटमा आउने करका बारेमा सुझाव दिनेछौं । त्यो बेलाको करको इम्प्याक्ट भनेको मेरो स्कोर कार्ड नै हो । कत्तिको इम्प्याक्ट गर्न सक्छु वा सक्दिन भनेर चुनौती रहन्छ । अटो क्षेत्रको सकारात्मक सुधारका लागि बाध्य बनाउने गरी नीति ल्याउन हामी सरकारलाई बाध्य पार्नेछौं ।

प्रदेश च्याप्टरहरुसँग कसरी सहकार्य गर्नुहुन्छ ?

प्रदेश च्याप्टरका साथीहरुसँग म सधैं नजिक छु । प्रदेशलाई बलियो बनाउन जरुरी छ । देशको संरचना पनि प्रादेशिक छ । देश प्रदेशको संरचनामा गएपछि नाडा पनि जानुपर्छ भनेर हामी अगाडि बढेका छौं । केन्द्र भनेको पोलिसी लेवलको कुराका लागि हो । केन्द्रले पोलिसी ड्राइभ गर्ने हो जो सरकारको केन्द्रसँग बसेर समन्वय गरेर पोलिसी चेन्ज गराउन सकिन्छ । त्यो बाहेक अरु सबै काम प्रदेशले गर्ने हो । प्रदेश बलियो भयो भने केन्द्रलाई सजिलो हुन्छ । प्रदेश बलियो भएन भने त्यहाँका व्यवसायीहरु पनि केन्द्रसँगै बढी आशावादी बन्ने अवस्था आउँछ । प्रदेशबाटै सबै काम हुने अवस्था हामी सिर्जना गर्नेछौं । पहिला पहिला नाडालाई कसरी बलियो बनाउने भन्ने सोच हुन्थ्यो । मेरो उद्देश्य भनेको प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहन्छ । प्रदेशलाई बलियो बनाउन सकियो भने नाडा अटोमेटिक बलियो हुन्छ ।

नाडामा साना व्यवसायीदेखि ठूला घरानाहरुको आबद्धता छ । सबैको भावना कसरी समेट्नुहुन्छ ?

म सबैको विश्वास, आशा र भरोसाले अध्यक्ष बन्दै छु । यो विश्वास, आशा र भरोशालाई नटुटाइकन अगाडि बढ्नेछु । यही नै मेरो मुख्य उद्देश्य हुनेछ । नाडा पहिला आयातकर्ताको मात्र हुन्थ्यो अहिले पार्टसको मात्र भयो भन्ने आवाज पनि आउने गरेको छ । हामीले के रियलाइज गर्नुपर्छ भने पार्टस् भनेको पनि अटोमोबाइल नै हो । लुव्रिकेन्ट्स, टायर, ब्याट्री, गाडी सबै अटोमोबाइल सेक्टरका विभिन्न पार्ट हुन् । एउटा गाडीमा यी सबै चिज जोडिएको हुन्छ । एउटा गाडीमा औसतमा ३० हजारभन्दा बढी पार्ट प्रयोग हुन्छ । नाडामा त्यही रेसियोमा हे¥यौं भने २७ सय सदस्य पार्टसको हुनु ठुलो कुरा जस्तो लाग्दैन । एकाग्र रुपमा अगाडि बढ्नुभन्दा व्यालेन्समा राख्नका लागि कहि न कहि चुनौती पनि आवश्यक हुन्छ । दुवैतिरबाट ब्यालेन्समा आउनुपर्ने हुन्छ । म इम्पोटर पनि हो । पार्टस व्यवसायी पनि हो । म लुब्रिकेन्ट्सको पनि डिभिजन हेड हो । मैले निष्पक्ष भएर पार्टस, लुव्रिकेन्ट्स, गाडी सबैलाई हेर्नुपर्छ । सबै व्यवसायको अनुभव भएकाले पनि यसमा सहज हुनेछ भन्ने मलाई लाग्छ । सबैलाई समेट्न म सफल हुनेछु ।

You might also like

Comments are closed.