सरकारले अटोमोबाइल नीतिलाई परिर्वतन गर्न आवश्यक छ

करण चौधरी, अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) मा देशभरका करिब ३ हजार अटोमोबाइल व्यवसायी आबद्ध छन् । नाडामा करण चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको करिब एक वर्ष पुग्न लागेको छ । यसैक्रममा अटोमोबाइल क्षेत्र र नाडाका विषयमा केन्द्रित रहेर अध्यक्ष करण चौधरीसँग गरिएको संक्षिप्त कुराकानीः

नाडामा तपाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको एक वर्ष पुग्न लागेको छ । एक वर्षको यो अवधिलाई कसरी समिक्षा गर्नुहुन्छ ?

समग्रमा समिक्षा गर्ने हो भने यो वर्ष निकै चुनौतिपूर्ण नै थियो । आर्थिक मन्दी र त्यसबाट आएको अटोमोबाइल क्षेत्रमा सुस्तता यो वर्षको ठुलो विषय रह्यो । सरकारको यो क्षेत्रप्रतिको नकारात्मक धारणा र विलासिताको वर्गीकरण जसमा नाडाको अथक प्रयाष बावजुत परिवर्तन भएन । इभि गाडीहरुको प्रवद्र्धन स्वागतयोग छ र यो जारी रहनुपर्छ तर पेट्रोल÷डिजल सवारीको व्यापारमा सरकारको ध्यान जान जरुरी छ । यसबाट सम्पूर्ण अटोमोबाइल क्षेत्रको उत्थान हुनुको साथै देशको राजश्वमा पनि वृद्धि आउनेछ । हामीले नाडाको प्रादेशिक संरचनालाई अझै मजबुत बनाई देशको कुनाकुनामा रहेका अटोमोबाइल व्यवासाहीहरुसंग सम्बन्ध गास्दै गइरहेकाछौं । अटोमोबाइलसंग जोडिएका सबै सेक्टरको सिप विकासमा पनि धेरै जोड दिएका छौं । हामी सडक सुरक्षा प्रवद्र्धन गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै अगाडि बढेका छौं ।

अटोमोबाइल क्षेत्र अझै पनि आर्थिक मन्दीको मारमा छ । व्यावसायिक गतिविधि बढाउनतर्फ नाडाको सक्रियता कस्तो छ ?

अटोमोबाइल क्षेत्रमा रहेका विभिन्न चुनौती र समस्यालाई बुँदागत रुपमा हामीले सबै सरकारी निकायलाई समय समयमा अवगत गराउँदै आएका छौँ । नाडाले पुग्नुपर्ने सबै ठाउँमा पुगी यी कुराहरुलाई मजबुत रुपमा प्रस्तुत गर्दै आफ्ना सुझावहरु पेश गर्दै पनि आएको छ । तर, यसमा सुनवाई नहुँदा सम्पूर्ण अटोमोबाइल क्षेत्र निरास बनेको छ ।

मौद्रिक नीतिप्रति तपाईंहरुको आपत्ती थियो । मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामा पनि तपाईंहरुको माग सुनुवाई हुन सकेन । के भन्नुहुन्छ ?

निराशाजनक अवस्था छ । यसले पहिले नै मारमा परेको अटोमोबाइल क्षेत्र अझै मारमै पर्दै गइरहेको छ । अब पनि यसमा सुनुवाई भएन भने थुप्रै व्यवसाहीहरु पलायन हुने अवस्था आउनेछ ।

इभीको बजारमा उत्साह नै छ । तर, आइस इन्जिनका गाडीको बिक्री सुस्त छ । आइस इन्जिनको अबको भविष्यलाई कसरी विश्लेषण गर्न सकिएला ?

इभीमा दिएको सहुलियत सकारात्मक छ, अटोमोबाइल क्षेत्रमा अहिले यही मात्र सकारात्मक नीति छ । आशा छ यो क्रम जारिरहने छ । आइस इन्जिनको भविष्य अझै पनि उज्ज्वल छ । इभीमा हामीले अझै धेरै काम गर्नुछ र सबै क्षेत्रमा इभीको पहुँच तत्कालै पुग्दैन, त्यहाँ आइस इन्जिनकै आवश्यकता हुन्छ । साथै सबैको रुचाईमा इभी मात्र हुन्छ भन्ने पनि छैन । सरकारले आफ्नो नीति परिवर्तन गरेको खण्डमा इभी र आइस दुवै ब्यालेन्स रुपमा अगाडि बढ्न सक्छ ।

नाडाको बाँकी कार्यकालमा तपाईंका योजनाहरु केके छन् ?

अटोमोबाइल क्षेत्रलाई सकारात्मक दिशामा लाने प्रयाश मुख्य हुनेछ । यसमा हामी थाकेका छैनौं र थाक्ने पनि छैनौं । त्योसंगै सीप विकास र यो क्षेत्रमा गुणस्तरीय जनशक्तिको विकास गर्न विभिन्न गतिविधिहरु अगाडि बढाउने छौं । साथै नाडाको प्रादेशिक संरचनालाई अझै मजबुत बनाई, सम्पूर्ण अटोमोबाइल क्षेत्रको विकास गर्दै जाने प्रयाश हुनेछ ।

नाडा र प्रदेश च्याप्टरहरुको सहकार्य कस्तो छ ?

सहकार्य सकारात्मक दिशामै अगाडि बढेको छ । यसले नाडा र प्रदेश च्याप्टर दुवैलाई मजबुत बनाएको छ । यो सहकार्यबाट आज हामीले देशभरी फैलिएका अटो व्यवासाहीहरुसंग जोड्न सकेका छौं । उहाँहरुको समस्या र सुझाब अझै नजिक रुपमा बुज्न सकेका छौं ।

नाडाभित्र एकता कायम हुन नसकेको, गुटबन्दी भएको भन्ने पनि सुनिन्छ । नाडा भित्र किन विवाद भइरहेको छ ? कारण के हो ?

त्यस्तो भएको मलाई लाग्दैन । सबै सदस्यहरुले आफ्नो भूमिका जिम्मेवारी तवरले निभाउदै आउनुभएको छ । यसमामा उहाँहरुप्रति आभारी छु ।

नाडाको ३०औं साभारणसभा सम्पन्न भएको छ । साधारणसभा कस्तो रह्यो ?

नाडा हामी सबैको साझा संस्था हो । हामीले मंसिर ३० गते संस्थाको ४८औं साभारणसभा सम्पन्न गरेका छौं । देशभरका व्यवसायीहरुको उत्साहपूर्ण उपस्थितिमा हामीले साधारणसभा सम्पन्न गरेका छौं । हामीले आफ्नो नीति र गतिविधिलाइ अझै स्पष्टता दिन सक्केका छौं । जसबाट सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई फाइदा पुग्ने विश्वास गरेको छु ।

You might also like

Comments are closed.