उद्योगी कर्माचार्य काँग्रेसको कोषाध्यक्ष नियुक्त

पोखरा । कर्माचार्य ग्रुपका निर्देशक माइकल कर्माचार्य नेपाली कांग्रेस कास्कीको कोषाध्यक्ष नियुक्त भएका छन् ।

काँग्रेस कास्कीको नवनिर्वाचित कार्यसमितिको शनिबार बसेको बैठकले कोषाध्यक्षमा कर्माचार्यलाई नियुक्त गरेको हो ।

jutta mela

कर्माचार्यलाई कोषाध्यक्षमा नियुक्त गर्न जिल्ला सभापति किशोरदत्त बरालले गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरिएको पार्टीले जनाएको छ ।

जिल्ला कार्यसमितिमा निर्वाचित सदस्य मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । कर्माचार्य लोकप्रिय मतका साथ कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

You might also like

Comments are closed.