सुरेन्द्र पौडेल, पलासे । भक्तपुरको पलासेमा रहेको काठमाडौं फन भ्याली परिसर भित्र कर्णाली संग्रहालय छ । संग्रहालयको मुख्य आकर्षण कर्णालीको रहनसहन, भेषभुषा, रीतिरिवाज झल्कने बस्तुहरु संग्रह हो । यो संग्रहालय २०७३ मा फन भ्यालीभित्र स्थापना भएको हो । जुन संग्रहालयमा अवलोकन गर्नेहरुको आकर्षण देखिने गरेको छ ।
यो संग्रहालयका संस्थापक डा. गोविन्द नेपाली हुन् । उनी कर्णाली प्रदेश जुम्लाका स्थायी बासिन्दा हुन् । बिगत २५ वर्षदेखि कला, संस्कृतिको संरक्षणमा उनको प्रत्यक्ष योगदान रहँदै आएको छ । विशेषगरी कर्णालीलाई चिनाउनले उनले एकल प्रयासमै संग्रहालय स्थापना गरेका हुन् ।
राज्यको मूलधारमा आउन नसकेको कर्णालीलाई राष्ट्रिय पहिचान दिलाउँदै अन्तर्राष्ट्रियस्तरमा कर्णालीको झझल्को दिने गरी उनले संग्रहालय स्थापना गर्न सफल छन् । संग्रहालयमा पुरातात्वीक बस्तुहरुसहित १ सय ३७ वटा सामग्री र २ सय वटा फोटाहरु छन् । जहाँ मित्रराष्ट्रहरुको कर्णालीसँग मिल्दो संंस्कृतिको झल्को दिने फोटाहरु पनि संग्रहित गरिएका छन् ।
फन भ्यालीमा मनोरञ्जन लिनका लागि युवा, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइ तथा अवलोकनको केन्द्र संग्रहालय बन्न सफल रहेको नेपालीले जानकारी दिए । काठमाडौं उपत्यकासहित देशभरबाट तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि संग्रहालयको अवलोकनका लागि आउने गर्छन् ।
Comments are closed.