कर्णाली । ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ मुलुकमा एउटा फरक र गहन खालको बहस हो । यो बहस ऋति फाउण्डेसनको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सुन्दर, मनोरम र प्रसिद्ध पर्यटकीयस्थल बुलबुले तालको काखमा बुधबार मध्यान्ह २ः०० बजेबाट शुरु हुँदैछ ।
राष्ट्रिय महत्वका साथ हेरिएको कर्णाली बहस ‘कुडा कर्णालीका’ कर्णाली उत्सवको यो दोस्रो संस्करण हो । मुलुकका विभिन्न क्षेत्रमा रहेर विविध विधा तथा विषयमा विज्ञता राख्ने राष्ट्रिय महत्व बोकेका करीब पाँच दर्जनभन्दा बढी व्यक्तित्व वक्ताका रुपमा उक्त उत्सवमा सहभागी हुँदैछन् ।
कर्णालीका विशिष्टतालाई अन्तर्राष्ट्रिय गर्ने उद्देश्यका साथ कर्णाली उत्सवको आयोजना गरिएको आयोजक संस्थाका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिनुभयो । यही फागुन २९ गतेसम्म सञ्चालन हुने ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ सञ्चालनका लागि फाउण्डेसनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमलराज लम्सालको संयोजकत्वमा मूल समारोह आयोजक समिति गठन गरेको छ ।
आयोजक संस्था फाउण्डेसनले मंगलबार पत्रकार सम्मेलन गरी आयोजित उत्सवको तयारी ९९ प्रतिशत पूरा भएको जनाएको छ । चार दिनसम्म हुने उक्त बहसमा चारवटा मूल शीर्षकअन्तरगत १४ वटा सत्र सञ्चालन हुने निर्देशक गौतमले बताए । उनका अनुसार भोलि फागुन २६ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्सवको विधिवत शुभारम्म गर्नेछन् ।
शुभारम्म कार्यक्रममा सुर्खेती कलाकार ज्ञानबहादुर नेपाल, तिलक गन्धर्व र देवराज गिरीले कर्णाली धुन बजाउनेछन् । फाउण्डेसनका सहसंस्थापक तथा रेशमबहादुर विष्टले उत्सवको दोस्रो संस्करणसम्म आइपुग्दाको उपलब्धि र प्रगति विवरण प्रस्तुत गनर्
ेछन् । जुम्ला तातोपानी गाउँपालिका लाम्रा गाउँका स्थानीय महिलाले मङ्गल गान गाउने कार्यक्रम रहेको छ ।
उत्सवमा शुभारम्भमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘अर्थ र बहस’, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले ‘कर्णालीमा महिला नेतृत्व’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले, ‘कर्णाली किन घुम्ने रु’ प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले ‘नीति निर्माणमा सार्वजनिक बहसको महत्व’माथि तर्कसिद्ध विचार व्यक्त गर्ने कार्यक्रम रहेको आयोजक समितिका संयोजक लम्सालले बताए ।
त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्राडा जगतप्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’ का बारेमा विद्धत प्रवचन दिनेछन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ‘वीरेन्द्रनगरको वैभव’ र खसभाषाका शब्दकोषकार रमानन्द आचार्यले ‘खस भाषा’ सम्बन्धी प्रस्तुति दिनेछन् ।
फागुन २७ गते अर्थात बहसको पहिलो दिन ‘हम्मो मान्नमी’ मूल शीर्षकमा ‘बाडो, थाडो र ओटालो’, ‘भाउ र छाउ’, ‘आम्नै कथा–आम्नै बान्की’, ‘कहरी सुकालो होला कहिले जाला कैठ रु’ र ‘हाट जान्या, भोट जान्या’ विषयमा छलफल केन्द्रित हुनेछ । त्यस्तै, दोस्रो दिन ९२८ गते० ‘सुर्के थैली’ मूल शीर्षकमा ‘कर्णाली घुमाउटो पड्यो’, ‘पढ्नु पड्डो छः साक्षर शिक्षित र प्राज्ञिक कर्णाली’, ‘पुईंसाका कुडा, थैलीदेखि बैंकसम्म’, ‘कर्णाली–प्रणाली’ ९योजना, पूर्वाधार र लगानी० विषयमा बहस गरिनेछ ।
त्यसैगरी उत्सवको तेस्रो तथा समापन दिन ९फागुन २९ गते० ‘कैथा नेता–कैथो नेतृत्व’ मूल शीर्षकमा ‘पश्चिममा प्रशासक–पश्चिमका प्रशासक’, ‘सरकारी गैह्र सरकारी’, ‘लोकतन्त्रको लय’ र ‘मुख्य मान्ठ, मूल कुडा’का विषयमा छलफल गरिने मूल समारोह आयोजक समितिले जनाएको छ ।
Comments are closed.