करुणा फाउन्डेसनद्वारा ५ वटा हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

 

काठमाडौं । गैरसरकारी संस्था करुणा फाउन्डेसन नेपालले विभिन्न ५ वटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना महामारीको प्रकोपबाट संक्रमित भइ सिकिस्त भएका बिरामीहरुका लागि अत्यावश्यक अक्सिजनको अभावले निकै कठिन अवस्था उत्पन्न भएको सन्दर्भमा करुणा नेपालले सात लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

संस्थाले धुलिखेल अस्पताल धुलिखेल ८ वटा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुलाई १० वटा, टीकापुर अस्पताल टीकापुर कैलालीलाई २ वटा र आडारा हुम्लालाई २ वटा अक्सिजन कन्सन्ट्रेटर गरेको हो । संस्थाका कार्यकारी निर्देशक दीपकराज सापकोटा र संस्थाका अध्यक्ष डा. भगवान कोइरालाले हस्पिटलहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

‘कोरोना महामारीको यो विषम परिस्थितिमा थोरै भएपनि मानवीय सहयोग गर्न पाउँदा करुणा फाउन्डेसन नेपाल खुसी छ,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सहयोगले अस्पतालहरुमा चिकित्साकर्मीले गरिरहेको उदाहरणीय कार्यमा मद्दत पुगेर केही जीवनहरु बचाउन सकिनेछ ।’ संस्थाले छिट्टै १ सय १० वटा अक्सिजन कन्सन्ट्रेटर ल्याउने तयारी गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.