काठमाडौं फ्रेस बेकरीको ‘प्रिमियम प्रोडक्ट’

पोखरा । पोखराको विशालबजारबाट व्यावसायिक यात्रा सुरु थालेको काठमाडौं फ्रेस बेकरीले प्रिमियम प्रोडक्ट बजारमा ल्याएको छ ।

२३ वर्षदेखि निरन्तर बेकरीकै उत्पादन र बजार व्यव्स्थापनमा लागेको कम्पनीले पोखराको महेन्द्रपुल, लेकसाइड, भरतपुर र चितवनको सौराहा चोकमा शाखा विस्तार गरेको सञ्चालक रोशन मर्हजनले बताए । ग्राहकको माग र चाहना अनुसार बेकरीका प्रिमियम आइटम महेन्द्रपुलबाट नै उत्पादन गरिने उनले जानकारी दिए ।

बेकरीका पारखीहरुलाई अत्याधुनिक प्रविधिबाट उत्पादित स्वादिलो र स्वच्छ उत्पादन उपलब्ध गराउन कम्पनी सदा प्रतिबद्ध रहेको उनले बताए । महर्जनले भने, ‘हाम्रो उत्पादनलाईगुणस्तर तथा नया प्रविधिको माध्यमबाट नयाँ स्वादसहित बेकरीको पारखीमाँझ प्रिमियम प्रोडक्ट बजारमा ल्याउँदै छौं ।

महेन्द्रपुलमा सञ्चालित हुने बेकरीको आउटलेटका लागि करिब १ करोड रुपैयाँ लगानी भएको छ । उक्त आउटलेट बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म खुला हुनेछ ।

lcci
You might also like

Comments are closed.