काठमाडौं । सार्वजनिक र निजी दुवै सवारी साधनमा आज रातिबाट जोरबिजोर प्रणाली लागु हुने भएको छ । कोरोना संक्रमण अत्याधिक बृद्धि भएसँगै काठमाडौं उपत्यकामा सवारी साधन चलाउँदा जोरबिजोर प्रणाली लागु गर्न लागिएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । यो निर्णयसँगै शुक्रबार रातिबाट लागु हुने गरी जोर गते जोर नम्बरको सवारी र बिजोर गते बिजोर नम्बरको यातायात साधन मात्रै चलाउन पाइनेछ ।
सवारी साधन चलाउँदा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । यात्रुले पनि माक्स लगाउनेदेखि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
अत्यावश्यक सेवाका सवारी भने चल्न सक्नेछन् ।
Comments are closed.