काठमाडौं इङ्लिस स्कुलमा सरस्वतीको मूर्ति स्थापना

काठमाडौं । काठमाडौं इङ्लिस स्कुलले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै विद्यार्थीहरूमा अनुशासन, नैतिकता र अध्ययन प्रतिको सकारात्मक भावना विकास गर्ने उद्देश्यले विद्यालय परिसरमा विद्याकी देवी मानिने सरस्वतीको मूर्ति विधिवत रूपमा स्थापना गरेको छ।

विद्यालयले हिन्दू धार्मिक परम्परा अनुसार वैदिक मन्त्रोच्चारण सहित प्राण प्रतिस्थापना गरी सरस्वती माताको मूर्तिको विधिपूर्वक स्थापना गरि पूजाआजा, आरती तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको जानकारी विद्यालयका प्र.अ.दिनेश खतिवडाले जानकारी गराए ।

विद्यालयका अध्यक्ष ईश्वर पुडासैनीका अनुसार सरस्वती माताको आराधना गर्दा अध्ययन प्रति रुचि बढ्ने,ज्ञान र सकारात्मक सोचको विकास हुने,धार्मिक तथा सांस्कृतिक विश्वास रहेको र सोही मान्यतालाई आत्मसात गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र सभ्यतासँग जोड्ने उद्देश्यले मूर्ति स्थापना गरिएको बताए ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा शुभचिन्तकको उपस्थिति थियो। पूजापश्चात सम्पूर्ण विद्यार्थी, शिक्षक,अभिभावक एवं उपस्थिति सबैलाई टीका ग्रहण गराइ प्रसाद वितरण गरिएको थियो।

विद्यालयले आधुनिक शिक्षासँगै नेपाली मौलिक परम्परा, संस्कार र धार्मिक मूल्यलाई सन्तुलित रूपमा अगाडि बढाउँदै विद्यार्थीहरूलाई अनुशासित, संस्कारी र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

यस वर्ष विद्यालयले आफ्नो संरचनालाई पुनःस्थापन गरि नयाँ आधुनिक तवरले निर्माण गरि विद्यार्थीहरुलाई थप सुविधा सहित अगाडि बढिरहेको छ ।

You might also like

Comments are closed.