काठमाडौं । स्वदेशी उत्पादन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘दोस्रो काठमाडौं महोत्सव’ आगामी फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको आयोजनामा हुने उक्त महोत्सव भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।
महोत्सवको तयारी तीव्र रूपमा अघि बढेको जानकारी दिँदै महोत्सव संयोजक तथा संघका कार्यसमिति सदस्य फुपु तेन्जिङ शेर्पाले दोस्रो संस्करण गत वर्षको तुलनामा अझै भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरे । संघले नगरकोटमा आयोजना गरेको ‘योजना तर्जुमा कार्यशाला’मा बोल्दै संयोजक शेर्पाले काठमाडौं महोत्सवले काठमाडौंसहित देशभरकै आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताए ।

नेपाली उत्पादनलाई विशेष प्राथमिकतामा राखिने महोत्सवमा स्वदेशी तथा विदेशी वस्तु र सेवाहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ । संघका अध्यक्ष रमानाथ श्रेष्ठका अनुसार, महोत्सवले समग्र काठमाडौंको चिनारीसहित व्यापार–व्यवसाय प्रवद्र्धनमा सहयोगी भूमिका खेल्नेछ ।




Comments are closed.