काठमाडौं महोत्सवको ‘हाइजिन पार्टनर’मा प्यासन टिस्यु

काठमाडौं । ‘प्रथम काठमाडौं महोत्सव’को हाइजिन पार्टनरमा स्वदेशी ब्राण्ड प्यासन टिस्यु जोडिएको छ । काठमाडौं उद्योग वाणिज्य संघ र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा हुने महोत्सवमा प्यासन टिस्युले सरसफाइ र स्वच्छतामा योगदान पुर्याउन लक्ष्यसहित हाइजिन पार्टनरमा सहकार्य गरेको छ ।

महोत्सवमा सहभागी भएर हाइजिन पार्टनर बन्न पाउँदा खुसी लागेको प्यासन टिस्यु उत्पादक मैनाली इन्डष्ट्रिजका प्रबन्ध निर्देशक प्रेमहरि मैनालीले बताए । ‘गुणस्तरीय स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य र महोत्सवको गरिमाबीच तालमेल मिलेकाले हामी यसमा जोडिएका हौं,’ उनले भने ।

पूर्ण रूपमा नेपालमै उत्पादन हुने प्यासन टिस्युमा शतप्रतिशत भर्जिन पल्प प्रयोग गरिने भएकाले यो कोमल र छालासँग मैत्री छ । बजारमा हाल फेस टिस्यु, बाथरुम टिस्यु, न्यापकिन र किचेन टावल गरी चार प्रकारका उत्पादनहरू उपलब्ध छन् । चावहिलको कुमारीगालस्थित कारखानाबाट अत्याधुनिक मेसिनरी प्रयोग गरी उत्पादन भइरहेको यो ब्राण्डले आयातित टिस्युको निर्भरता घटाउन भूमिका खेलेको छ ।

विशेष गरी ‘प्राइम’ र ‘कम्प्याक्ट’ मोडेलमा उपलब्ध रोल टिस्युहरू होटल, अफिस र घरका डिस्पेन्सरहरूमा सहजै प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । मैनाली मार्केटिङमार्फत देशभर वितरण भइरहेको प्यासन टिस्युले गुणस्तरमा सम्झौता नगरेकै कारण छोटो समयमा लोकप्रियता कमाएको कम्पनीको दावी छ । खुद्रा पसलदेखि तारे होटलहरूसम्म यसको उपस्थिति बलियो देखिएको छ । उचित मूल्य र विश्वस्तरको गुणस्तर कायम राख्दै भविष्यमा थप उत्पादनहरू बजारमा ल्याउने लक्ष्य कम्पनीले लिएको छ ।

महोत्सवमा २०० भन्दा बढी व्यावसायिक स्टलहरू रहने छन् । रैथाने खाना महोत्सव, कला संस्कृति महोत्सव र पर्यटन प्रवद्र्धनका गतिविधि, निःशुल्क स्वास्थ्य शिविर, फोटो प्रदर्शनी र उपहार कार्यक्रम पनि हुनेछ । महोत्सवको सहआयोजक राइजिङ नेपाल हो । प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल वितरक संघ जोडिएका छन् ।

You might also like

Comments are closed.