काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव’ मा कजरिया टायल्स जोडिएको छ । महोत्सव सफल बनाउन कजरिया रमेश टायल्स लिमिटेडले सहप्रायोजन गरेको छ । प्रायोजकमा जोडिएसँगै महोत्सवमा कजरिया टायल्स प्रदर्शनीमासमेत राखिनेछ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव काठमाडौंको भृकुटीमण्डपमा माघ १४ देखि १७ गतेसम्म सञ्चालन हुने मेला संयोजक उज्ज्वल जंश शाहले जानकारी दिए ।
सन् १९८८ मा स्थापित कजरिया सेरामिक्स लिमिटेड भारतको सबैभन्दा ठूलो र विश्वकै अग्रणी टायल उत्पादक कम्पनी हो । वार्षिक ९ करोड ३१ लाख वर्ग मिटर उत्पादन क्षमता रहेको यस ब्राण्डले नेपाल र भारतका विभिन्न ९ वटा आधुनिक कारखानाहरूमार्फत उच्च गुणस्तरका टायल्स उत्पादन गर्दै आएको छ ।
नेपालमा रमेश कर्प र कजरिया सेरामिक्सको संयुक्त लगानीमा कजरिया रमेश टायल्स लिमिटेड सञ्चालित छ । नवलपरासीमा ४०० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको यस कारखाना नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट हो ।

वार्षिक ५२ लाख वर्ग मिटर उत्पादन क्षमता रहेको यस उद्योगले नेपाललाई टायल उत्पादनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय श्रमको मिश्रणबाट यहाँ उत्पादित टायल्सले स्वदेशी बजारमा गुणस्तरीय विकल्प प्रदान गर्दै हजारौं रोजगारी समेत सिर्जना गरेको छ ।
कजरियाले हाल ३ हजारभन्दा बढी डिजाइनका सेरामिक वाल एन्ड फ्लोर टायल्स, भिट्रिफाइड टायल्स र पोलिस्ड टायल्सहरू उपलब्ध गराउँदै आएको छ । वातावरणमैत्री र ऊर्जा–दक्ष प्रविधि अपनाएको यस कम्पनीका उत्पादन विश्वका ३५ भन्दा बढी देशमा निर्यात हुने गरेका छन् ।
काठमाडौं महोत्सवमा कजरियाको सहभागिताले उपभोक्ताहरूलाई पछिल्लो समयका आधुनिक र मजबुत टायल डिजाइनहरूबारे जानकारी लिन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘स्वदेशी उत्पादनको प्रवद्र्धन र व्यापार विस्तार’ भन्ने मूल नारालाई टेवा पुरÞ्याउन कजरियाले यो महोत्सवमा साझेदारी गरेको हो ।




Comments are closed.