‘प्रथम काठमाडौं महोत्सवको’ तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाद्वारा आयोजित प्रथम काठमाडौं महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ १४ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव हुँदैछ ।

आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै निजी क्षेत्रमा उत्साह ल्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

व्यापार तथा उद्यमलाई प्रवद्र्धन गर्नका लागि महोत्सव सफल हुने उनले बताए । लघु, साना, मझौला उद्यमलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

रैथाने खानादेखि साँस्कृतिक कार्यक्रमले पनि दर्शकलाई आकर्षित गर्ने संघका महासचिव दुर्गाराज श्रेष्ठले बताए । काठमाडौंलाई संसारभर चिनाउन र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नमा पनि महोत्सव सफल हुने उनले बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडा र काठमाडौंका अन्य स्थानीय तहका रैथाने प्रडक्टहरु पनि महोत्सवमा प्रदर्शनमा राखिने उनले जानकारी दिए ।

नेपालसहित विभिन्न देशका प्रडक्टहरू करिब २ सय स्टलमा प्रदर्शन गरिने बताइएको छ ।

महोत्सवको प्रिजेन्टरमा एईसीसीए ग्लोबल रहेको छ भने टाइटल स्पोन्सरमा आईडिया फर वल्र्ड र पावर्ड बाइमा सवारी नेपालले साथ दिएको छ । काठमाडौं महानगरसहित अन्य स्थानीय तहको पनि साथ रहेको महोत्सव संयोजक उज्ज्वल जंग शाहले जानकारी दिए । सहप्रायोजकमा श्रीनाथ कलेक्सन, फेसियल हाउस, कजरिया टायल र साल्ट ट्रेडिङले साथ दिएका छन् ।

यी हुन् महोत्सवका प्रायोजकहरु

  1. Idea for World – Title Sponsor
  2. AECC Global – Presented By
  3. Sawari Nepal Ltd- powered by
  4. Kajaria- Co–Sponsors
  5. Salt Trading Corporation Limited- Co–Sponsors
  6. Facial House (Beautician Partner)- Co–Sponsors
  7. Shree Nath Collection (Co-Sponsor / Official Tailoring Partner)-– Co–Sponsors
  8. Agni Exim Pvt Ltd– EXIM Partner
  9. NMB Bank Ltd – Banking Partner
  10. Neco Insurance Ltd – Insurance Partner
  11. Varosa Services Pvt Ltd– Cleaning Partner
  12. Hitco Pvt Ltd – Fire Safety Partner
  13. Mainali Industries Pvt Ltd – Official Hygiene Partner
  14. Zerona Wellness Pvt Ltd – Skin Care Partner
  15. Jilla Hotel Byabasi Sangh Kathmandu – Food Court Partner
  16. Quantum Infotech & E-Connect Solutions Pvt. Ltd.- Beverage & Food Partners
    (Lavazza – Coffee Partner | Divella – Pasta Partner)
  17. CCTV Nepal – CCTV Partner
  18. A&B Beverage Industries Pvt.Ltd.- Drinking Water Partner
  19. Datahub- Cloud & Hosting Partner
  20. Opsori Women Development Organization-Marketing Partner

महोत्सवमा एक लाख भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको विश्वास छ । महोत्सवमा हरेक दिन विविध साँस्कृतिक कार्यक्रम हुने सहआयोजक राइजिङ नेपाल प्रालिका सञ्चालक पशुपति केसीले जानकारी दिए ।

You might also like

Comments are closed.