काठमाडौँ फन भ्याली फागुन २७ बाट सञ्चालन हुँदै

भक्तपुर । कोभिडका जोखिमका बन्द रहेको ‘काठमाडौँ फन भ्याली’ पुनः सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पलाँसेमा रहेको फन भ्याली स्वास्थ्य मापदण्डको पालनासहित यही फागुन २७ गते शुक्रबारबाट सञ्चालनमा आउने सञ्चालक सुजन थापाले जानकारी दिए ।

फन भ्यालीमा जल र स्थल गरी ११ प्रकारका खेलको मज्जा लिन सकिन्छ । जहाँ ३ वटा स्विमिङ पुल छन् । एउटा रेनडान्स छ । ५५ रोपनी जग्गामा बनेको काठमाडौं फन भ्याली निकै आकर्षक र सुन्दर छ । गार्डेन र रुफटप रेस्टुरेन्टको सुविधा पनि छ । ‘ग्राहकले आफ्नो रोजाई अनुसारको परिकार अर्डन गर्न सक्छन्,’ थापाले भने ।

फन भ्यालीमा एकै पटकमा २ हजार जनासम्मले खेलेर मज्जा लिन सक्नेछन् । आन्तरिक पर्यटनको विकास, आर्थिक विकाससँगै काठमाडौँ उपत्यकाका बासिन्दालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा फन भ्याली सञ्चालनमा आएको उनले बताए ।

कर्णाली म्युजियम (संग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो । कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको छ । काठमाडौं उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित र व्यवस्थित रहेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको काठमाडौं फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बन्ने बताए ।

सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा सञ्चालित फनपार्कमा उमेरअनुसारको पौडी पोखरीको व्यवस्था छ । पार्कमा वाटरपार्क, एम्युजमेन्टपार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन् । पार्कमा रोटेपिङ शैलीको हेलिकोप्टर, ४० फिट उचाइको ह्वीलचियर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ ।

अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुन्द्रमा मात्र देख्न पाइने समुन्द्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने रुफटपसहितको रेष्टुरेन्टले फन भ्यालीमा थप आकर्षण थपेको छ ।

You might also like

Comments are closed.