काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित शहर

काठमाडौं । विश्वको वायु प्रदूषण सूचकांकअनुसार काठमाडौं विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहरमा पर्न पुगेको छ । वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ को तथ्यांकले यो जानकारी दिएको हो ।

तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १८६ पुगेको छ । विशेषज्ञहरूले भने अनुसार १५० भन्दा माथि पुगेको (AQI) जनस्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ । काठमाडौंको आकाशमा विषाक्त हावाले ढोकेको छ, जसले गर्दा मानिसहरूमा आँखा पोल्ने, चिलाउने, र सास फेर्न कठिनाई हुने समस्या देखा परेको छ ।

स्वास्थ्य मन्त्रालयले समेत अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ । विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा भारतको दिल्ली पहिलो स्थानमा रहेको छ । दिल्लीको AQI अहिले २१४ पुगेको छ । काठमाडौंपछि पाकिस्तानको लाहोर रहेको छ, जसको AQI १६८ मापन गरिएको छ।

विशेषज्ञहरूले प्रदूषण नियन्त्रणका लागि तत्कालीन कदम चाल्न आवश्यक रहेको र जनतालाई स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

You might also like

Comments are closed.