काठमाडौं । काठमाडौं जेसिजको वर्ष २०२५ का अध्यक्ष श्याम कुमार घिमिरेले वर्ष २०२६ का अध्यक्ष बिकास श्रेष्ठलाई सपथ ग्रहणसंगै पिन तथा चेन हस्तान्तरण गराएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री वर्षमान पुन रहेका थिए। कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले नव–निर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरूलाई सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा श्यामकुमार घिमिरे, महासचिवमा करुणा थापा, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र कानुनी सल्लाहकारमा नारायण आचार्य ‘ह्याप्पी’ चयन भएका छन् । यसैगरी, कार्यकारी उपाध्यक्षहरूमा आदित्य राई, सिद्धान्त गौली र नवराज भण्डारी रहेका छन् । सह–महासचिवको जिम्मेवारी रितिज कार्कीले सम्हाल्नेछन भने सह–कोषाध्यक्षमा राज रौनियार चयन भएका छन ।
त्यस्तै,उपाध्यक्षहरूमा गरिमा लिम्बु, निर्मल खड्का, विशाल परियार, प्रिन्स सुवेदी, अमर गुरुङ र एलन अधिकारी रहेका छन् । कार्यक्रमले काठमाडौं जेसिजको आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै संस्थागत सुदृढीकरण र सामाजिक सेवामा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ ।
एक व्यक्ति एक पदको एकवर्षे कार्यकाल रहने जेसिजको परम्पराअनुसार अंग्रेजी महिनाको डिसेम्बर ३१ मा जिम्मेवारी परिवर्तन गर्ने परम्परा छ ।




Comments are closed.