काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण र मापदण्डविपरीत बनेका संरचना हटाउन ७ दिने समयसीमा दिँदै अत्यन्त जरुरी सूचना प्रकाशित गरेका छन् ।
महानगरको बाराचौथी काठमाडौंबाट जारी सूचनामा महानगर र विकास प्राधिकरणको संयुक्त अनुगमन टोलीले सार्वजनिक स्थल, सडक, फुटपाथ, हरियाली क्षेत्र, खुला स्थान तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउन निर्देशन दिएको छ ।
२०७५ साल मंसिर ७ गतेदेखि लागू भएको भवन निर्माण, डिजाइन, नियमन र व्यवस्थापनसम्बन्धी कानून तथा अनुमतिपत्रको व्यवस्थाअनुसार मापदण्ड विपरीत निर्माण भएको संरचना, अवैध रूपमा सार्वजनिक जग्गा कब्जा गरी गरिएको व्यापारिक क्रियाकलाप तथा अन्य संरचना हटाउन सूचना जारी गरिएको हो ।
सूचनामा सात दिनभित्र स्वयंले हटाइ नसके महानगर र प्राधिकरणले संयुक्त रूपमा कारवाहीसहित संरचना हटाइने चेतावनी दिएको छ। साथै, यस क्रममा लाग्ने खर्च र क्षतिको जोखिम अतिक्रमणकर्ता स्वयंले व्यहोर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
सार्वजनिक जग्गा, सडक विस्तार, हरियाली क्षेत्र संरक्षण, खुला स्थान व्यवस्थापन तथा सार्वजनिक स्थानको सौन्दर्यकरणका लागि कडाइका साथ कारवाही प्रारम्भ गरिने बताइएको छ ।
उक्त सूचना काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त कार्यालयद्वारा संयुक्त रूपमा प्रकाशित गरिएको हो ।

 
			



 
											



Comments are closed.