निष्पक्ष, प्रतिस्पर्धी तथा विश्वसनीय बीमा बजारको बिस्तार हुनुपर्छ

कविराज पौडेल, पूर्व अध्यक्ष, निप्स पोखरा च्याप्टर
सहायक महाप्रवन्धक, सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) बीमा क्षेत्रमा कार्यरत प्रोफेशनलहरु आबद्ध रहेको सामाजिका संस्था हो । निप्स पोखरा च्याप्टर वि.सं. २०६८ चैत ९ गते स्थापना भयो । बीमा क्षेत्रको समग्र विकास एवं यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता विकासमा संस्थाले अग्रणी भूमिका खेलेको छ ।

बीमाकर्मी सदस्यहरुबीच भाइचारा अभिबृद्घि गर्ने, स्वच्छ प्रतिस्पर्धामार्फत बीमा सम्बन्धी व्यवसायको अभिवृद्घिको लागि सचेतनामूलक कार्यहरु गर्ने र आफ्नो पेशालाई मर्यादित बनाउने निप्सको प्रमूख उद्देश्य हुन् । तसर्थ संस्थाले बिगत १२ वर्षदेखि जनसाधारणमा बीमा सम्बन्धी जनचेतना अभिवृद्घि गर्ने, सदस्यहरुबीच विचार र अनूभव आदान प्रदान सहित सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आइरहेको छ । विभिन्न वर्ष वार्षिक कार्यक्रहरुको तर्जूमा गरी सोही अनुसार नै जीवन तथा निर्जीवन सम्बन्धी तालिमहरु, अभिकर्ता तालिम, चेतनामूलक कार्यका लागि स्थानीय स्तरमा बीमा सम्बन्धी अन्तरक्रिया, विद्यार्थीहरुसंग अन्तरक्रिया, भूकम्प स्मरण दिवस, वनभोज, जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुबीच फूटसल प्रतियोगिता जस्ता नियमित कार्यक्रम भइरहेको छ । अगामी दिनमा पनि सक्षम नेतृत्व तयार गर्ने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै अगाडि बढ्नतर्फ हामी केन्द्रित हुनुपर्छ ।

jutta mela

जोखिमको रक्षा कवचको रुपमा रहेको बीमा व्यापार मात्र नभई सेवा पनि हो भन्ने भावनालाई आत्मसात गर्दै निष्पक्ष प्रतिस्पर्धी तथा विश्वसनीय बीमा बजारको बिस्तार हुनुपर्छ । निप्सको शाखा तथा सञ्जालको बिस्तार तथा नवीनतम सिद्घान्तको प्रतिपादनसंगै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुमा पनि बीमा सम्बन्धी परिवर्तित प्रविधि सहितको ज्ञान हासिल गराई दक्ष र सबल जनशक्ति सृजना गर्नू आजको आवश्यकता हो । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

अन्त्यमा, बीमा क्षेत्रमा सूशासन र स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम गर्दै यस क्षेत्रको विकास र बिस्तारमा निप्स पोखरा च्याप्टर सदैब लागिरहने छ भन्ने अपेक्षाका साथ निप्स पोखरा च्याप्टरलाई बर्तमान अवस्थासम्म ल्याई पु¥याउन आआफनो स्थानबाट योगदान पू¥याउने सबैप्रति आभार व्यक्त गर्दछु । त्यस्तै, निप्स पोखरा च्याप्टरको स्थापना दिवसको अवसरमा संस्थाको पूर्वअध्यक्षको तर्फबाट निप्स पोखरा च्याप्टर परिवार लगायत बीमा क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरु सबैलाई शूभकामना व्यक्त गर्दछु ।

You might also like

Comments are closed.