काठमाडौं । कायि नेपालले आफ्नो वार्षिक कार्यक्रम “कायि एक्सचेन्ज कार्निभल २०८२” को भव्य आयोजना गर्ने घोषणा गरेको छ, जुन ग्राहकहरूलाई स्मार्ट, स्वच्छ र सहज तरिकाले इलेक्ट्रिक मोबिलिटीमा अपग्रेड हुन प्रोत्साहित गर्ने विशेष एक्सचेन्ज मेला हो।
यो कार्निभल यही २०८२ साल वैशाख २६ गतेदेखि २८ गतेसम्म काठमाडौंको थापाथलीस्थित कायि शोरुमको छेउमा (हुन्डाई शोरुम अगाडि) सञ्चालन हुनेछ, जहाँ कायिका लोकप्रिय इलेक्ट्रिक गाडीहरू – ई-क्युट ०२, ई-क्युट ०४, र एक्स३ प्रो ईभी मा विशेष अफरहरू प्रदान गरिनेछ। कार्यक्रममा ग्राहकहरूले आफ्नो कुनै पनि ब्राण्डको पुरानो गाडी ल्याई तत्काल मूल्याङ्कन गराएर उत्कृष्ट पुनर्विक्रि मूल्य, आकर्षक नगद छुट पाउन सक्नेछन् भने हरेक गाडी मूल्याङ्कनमा दुई जनाका लागि निःशुल्क QFX मुभी टिकट पनि प्राप्त गर्नेछन्।
यसका साथै, छनोट गरिएका मोडलहरूमा बृहत बीमा, सडक कर, र एक्सचेन्ज बोनस जस्ता थप सुविधाहरू उपलब्ध छन्, र हरेक बुकिङमा रोमाञ्चक उपहारहरू पनि छन् – ई-क्युट गाडीको बुकिङमा बॉश जेट कार वाशर र एक्स३ प्रो ईभी गाडीको बुकिङमा बॉश वाशिङ मेसिन उपहार स्वरूप प्रदान गरिनेछ।
पारिवारिक मनोरञ्जन, खेलकुद र संगीतले भरिपूर्ण यो कार्निभल सबै उमेर समूहका लागि रमाइलो उत्सव बन्नेछ, जहाँ ग्राहकहरूले जुनसुकै ब्राण्डको पुरानो गाडीको विशेषज्ञहरूद्वारा मूल्याङ्कन गराई उत्कृष्ट पुनर्विक्रि मूल्य, विशेष एक्सचेन्ज बोनस, नगद छुट, र सडक कर तथा बीमामा पूर्ण कभरेजको लाभ लिन सक्नेछन्।
कायि अटो, जसको आधिकारिक वितरक नेपालमा जी.ओ अटोमोबाइल्स प्रा. लि. र लक्ष्मी ई-मोबिलिटी प्रा. लि. रहेका छन्, ले आराम, स्टाइल, सुरक्षा र कार्यसम्पादन सहितको दिगो नवीनता प्रदान गर्दै आएको छ। कायि नेपालले सम्पूर्ण परिवार, ईभी प्रेमीहरू, र आफ्नो गाडी अपग्रेड गर्न चाहने सबैलाई यस एक्सचेन्ज कार्निभल २०८२ मा सहभागी भई मोबिलिटी र नवीनताको यस भव्य उत्सवको हिस्सा बन्न हार्दिक निमन्त्रणा गरेको छ।
Comments are closed.