सिन्धुली । नेपालका प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले सिन्धुलीको आदर्शनगर, का.न.पा–६ (पुरानो बुधबार हाट) मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति थप विस्तार गरेको छ। शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यस शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह, सम्मानित अतिथि र स्थानीयको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो । सो अवसरमा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर शोरूमको औपचारिक शुभारम्भ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिलर तथा मालिक करिराम शाहले भने,”हामी कजारियासँग साझेदारी गर्न पाउँदा गौरवान्वित छौँ । गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै समुदायमै सहज रूपमा पाउनेछन् ।”
त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले भने, “कजारियाले सधैं उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ । यो नयाँ सिन्धुली शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुर्याउँदैछौँ । नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ ।”
आदर्शनगरमा रहेको नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ । ग्राहकहरूले विभिन्न इन्टेरियर आवश्यकताअनुसार सहज पहुँच र सुविधा सहित उत्पादन चयन गर्न सक्ने सुविधा पाएका छन् । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरी टाइल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । कम्पनीले ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दै बदलिँदो आधुनिक सजावटको रुचिलाई ध्यानमा राखेको छ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी भरपर्दो डिलर नेटवर्कसहित, कजारिया प्रिमियम टाइल्सले टाइल क्षेत्रको अग्रणी ब्रान्डको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। कम्पनीले ग्लेज्ड भिट्रीफाइड टाइल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स र सिरामिक वाल टाइल्स सहितको विस्तृत उत्पादन दायरा उपलब्ध गराउँछ
यी टाइलहरू जलप्रतिरोधी, दाग प्रतिरोधी र दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने प्रकारका छन् । सिन्धुली शोरूमको उद्घाटनले कजारियाको नेपालभर उत्कृष्ट र विश्वस्तरीय टाइलहरू सहज पहुँचयोग्य बनाउने लक्ष्यमा अर्को महत्वपूर्ण उपलब्धि थपिदिएको छ ।




Comments are closed.