नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको काससमा सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यसमिति सदस्यमा व्यवसायी सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

संघको बर्तमान कार्यकालमा पनि उनले कार्यसमिति सदस्य भएर काम गरिरहेका छन् । ‘कार्यसमिति सदस्यमा पुनः निर्विरोध निर्वाचित गरी काम गर्ने अवसर दिनुभएकोमा सम्पूर्णप्रति आभारी छु,’ उनले भनेका छन् ।

संघको साधारणमा असोज ५ गते हुँदैछ । मंगबार मनोनयन दर्ता गर्ने क्रममा सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको हो ।

jutta mela

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भए । निर्वाचन कार्यक्रम अन्तर्गत मंगल भएको मनोनयनमा अध्यक्षमा उनको मात्रै उम्मेदवारी दर्ता भएको हो । श्रेष्ठको मात्रै उम्मेदवारी दर्ता भएसँगै अब उनले संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि नेतृत्व प्रदान गर्नेछन् ।

उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ, सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका भएका हुन् ।

You might also like

Comments are closed.