काठमाडौं उवासंघमा नयाँ नेतृत्वः निजी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शुक्रबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट सर्बसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले दोस्रो कार्यकालका लागि निर्बिरोध अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्ण उद्योगी व्यवसायप्रति आभार व्यक्त गरेका छन् । निजी क्षेत्रको हकहितमा आफ्नो टिमले सक्रियताका साथ काम गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार भएको मनोनयनमा अध्यक्षसहित अन्य सबै पदमा एक मात्रै उम्मेदवारी परेको थियो । निर्वाचित कार्यसमितिलाई शुक्रबार नै सपथग्रहणसमेत गराइएको छ ।

संघको उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ, सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका भएका हुन् ।

You might also like

Comments are closed.