पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको साथ

पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले साथ दिएको छ । स्पोर्टस अवार्डलाई प्रायोजन गरी ग्रुपले साथ दिएको हो । मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।

अवार्ड कार्यक्रम वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ ।

jutta mela

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । अफिसियल रिसोर्टमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले साथ दिएको छ ।

You might also like

Comments are closed.