कोरिया इन्फरमेसन सेसन आज, तयारी पुरा

काठमाडौं । पछिल्लो समय उच्च शिक्षाका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य बन्न सफल भएको कोरिया शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष गणेश शर्माले बताए । दक्षिण कोरिया शैक्षिक हबका रुपमा विकास भइरहेको सन्दर्भमा त्यहाँको शिक्षाको अवसर, सम्भावना र चुनौतिहरुका विषयमा बिस्तृत छलफल गर्ने उद्देश्यले इन्फरमेसन सेसन आयोजना गर्न लागिएको उनले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ ।

संघको आयोजनामा आज शुक्रबार नेपाल हाउस हात्तिसारमा ३ बजेदेखि कार्यक्रम हुनेछ । उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गरी सेपा प्रदान गरिरहेका नेपालका शैक्षिक परामर्श दातृ संस्थाका प्रतिनिधिहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको शर्माले जानकारी दिए ।

पछिल्लो समय दक्षिण कोरिया शैक्षिक गन्तव्य बन्दै गएको परिप्रेक्ष्यलाई लक्षित गरी संघमा आबद्ध भएका तथा अन्य परामर्शदातृ संस्थाहरुलाई कोरियाको बर्तमान शैक्षिक अवस्थाका सम्भावना तथा चुनौतिका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीले जानकारी दिए ।

दक्षिण कोरियाको आजु युनिभर्सिटीबाट ग्रयाजुएट भइ नेपाल राष्ट्र बैंकमा कार्यरत सुशील बिजुक्छेले दक्षिण कोरियाको शैक्षिक प्रणालीका विषयमा धारणा राख्नेछन् । एनआरएनए दक्षिण कोरियाका संस्थापक सदस्य तथा कोरियामा बिगत २५ वर्षदेखि विभिन्न व्यापार व्यवसायमा आबद्ध रुद्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।

शैक्षिक परामर्श दाृत संस्थाहरुलाई सही सूचना र जानकारी दिनका लागि कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.