काठमाडौं। कोरिया शैक्षिक परामर्श नेपाल ९केक्यान०ले कोरियामा अध्ययन गर्न चाहने विद्यार्थी लक्षित गरि शनिबार आयोजना गरेको बृहत कोरिया शैक्षिक मेला–२०८२ सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भएको मेलामा दुई हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको केक्यानले जनाएको छ ।
लामो समयदेख कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्दै आएका २३ कल्सल्टेन्सीका ७० भन्दा बढी तालिमप्राप्त एवं अनुभवी परामर्श दाताबाट विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिएको केक्यानका अध्यक्ष विष्णु खड्काले जानकारी दिए।
मेलाबाट विद्यार्थीहरूले विभिन्न छात्रवृत्तिका अवसरहरू सहित एकै ठाउँबाट कोरिया अध्ययन गर्नका लागि उपयुक्त परामर्श लिएर लाभांवित भएको खड्काले बताए । शैक्षिक मेलामा विभिन्न बैंक तथा शैक्षिक सेवा प्रदायकको पनि सहभागिता रहेको थियो ।
Comments are closed.