यातायात महासंघको गण्डकी प्रदेश संयोजकमा केदार पौडेल

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गण्डकी प्रदेश संयोजकमा केदार पौडेल निर्वाचित भएका छन् । महासंघको मंगलबार सम्पन्न छैटौं राष्ट्रिय माहाधिवेशनबाट स्थानीय यातायात प्रा.लि.का अध्यक्षसमेत रहेका पौडेल गण्डकी प्रदेश संयोजकमा सर्वसम्मत निर्वाचित भएका छन् ।

महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भइसकेका छन् । महासंघको मंगलबार सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा ऐनकुमार साई, पुण्यप्रसाद सिटौला सरोज र हरिशरण केसी निर्वाचित भएका छन् ।

महासंघको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएको छन् ।

ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी निर्विरोध भएका छन् ।

 

You might also like

Comments are closed.