व्यवसायीको पीडामा मलम लगाउनुपर्नेमा नुन छर्कने काम भयोः पौडेल

केदार पौडेल
अध्यक्ष, स्थानीय यातायात प्रा.लि
अध्यक्ष, यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति कास्की

यातायात व्यवसायीले सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएका छन् । सरकारले हामीले अपेक्षा गरे अनुसारको सम्बोधन बजेटमा गरेको छैन । व्यवसायीको पीडामा मलम लगाउनुपर्ने समयमा सरकारले नुन छर्केको हामीलाई महसुस भएको छ । सरकार तथा सम्वन्धित निकायले ध्यान दिनु आवश्यक छ ।

यातायात व्यवसाय सरकारको महत्वपूर्ण अंग हो भन्दा पनि फरक पर्दैन । व्यवसायलाई जीवन्तता प्रदान गर्न सरकारले पहल गर्नु आवश्यक छ । कोरोना महामारीले यातायात व्यवसायलाई निकै ठुलो असर पारेको छ । व्यवसायी हतोत्साहित भएको अवस्था छ । व्यवसायीहरु मात्रै होइन यातायात मजदुरहरु पनि समस्यामा छन् ।

jutta mela

गण्डकी प्रदेशमा सबै स्थानमा कसरी यातायातको सहज पहुँच पु¥याउन सकिन्छ भन्ने सवालमा हामी क्रियाशील हुन चाहन्छौं र सहयोग गर्नेछौं । यसका लागि प्रदेश सरकार, स्थानीय निकाय, नागरिक समाज, संचार क्षेत्र सबैले पहलकदमी लिएमा होस्टेमा हैसे गर्न हामी तयार छौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभाव नेपालमा समेत दिनप्रतिदिन बढिरहेको छ । सरकारको पहिलो प्राथमिकता आम नागरिकको स्वास्थ्य नै हो । यद्यपि, लकडाउनले मात्रै समस्याको समाधान गर्दैन भन्ने स्पष्ट भइसकेको छ । यस अवस्थामा सरकार जिम्मेवार बनेर निजी क्षेत्रलाई अब चलायमान गराउनतर्फ लाग्नुपर्छ । स्वास्थ्य सचेतना अपनाएर सुरक्षित यात्रा गर्न पाउनुपर्ने नागरिकको अधिकारलाई समेत राज्यले लामो समय हनन् गर्न मिल्दैन ।

(कुराकानीमा आधारित)

You might also like

Comments are closed.