काठमाडौं । नेपालको पहिलो सूचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबिइएफ) क्याम्पसका संस्थापक परमानन्द केजरीवालको ६६ वर्षको उमेरमा काठमाडौंमा आइतबारका निधन भएको छ ।
केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षाको विकास गर्न सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ ।
संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।
Comments are closed.