अक्सिजन प्लान्टलाई केसी ग्रुपबाट २५ लाख सहयोग

पोखरा । पोखराको प्रशिद्ध व्यावसायिक घराना केसी ग्रुपले अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा निर्माण हुने अक्सिजन प्लान्टलाई ग्रुपले २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

केसी ग्रुपका संस्थापक तथा स्वर्गीय बुबा सूर्यबहादुर केसीको स्मृति तथा सम्मानमा अक्सिजन प्लान्टलाई सहयोग गरिएको ग्रुपका निर्देशक किरण केसीले जानकारी दिए । ‘कोभिड संक्रमितहरु बढिरहेको र अक्सिजन अभावमा बिरामीहरुले ज्यान गुमाइरहेको अवस्थामा प्लान्ट निर्माण हुनु राम्रो हो,’ उनले भने । केसी ग्रुप तथा परिवारको तर्फबाट सहयोग गरिएको उनले बताए ।

बतास फाउण्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माणको तयारी भइरहेको छ । अक्सिजन प्लान्ट निर्माण अभियानमा साथ दिने केसी ग्रुप लगायत सम्पूर्णप्रति बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले आभार व्यक्त गरेका छन् ।

५ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट निर्माण हुने उनले बताए ।

You might also like

Comments are closed.