काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल – सिजन ५’ का सहभागीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् ।
‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ४ शृङ्खलाहरूमा ‘द भ्वाइस नेपाल’ साथै बालबालिकाहरूलाई केन्द्रित गरि आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि संचालन गरिसकेको छ। लगातारको सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरि ‘द भ्वाइस अफ नेपाल’को पाचौँ शृङ्खला अगघ बढाएको छ ।
रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रममा कोचरनिर्णायकको रूपमा गायक उदय सोतांग , प्रमोद खरेल , राजेश पायल राई र गायिका मिलन नेवार रहने छन् । ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको यस कार्यक्रमको ब्याटल राउन्ड र नक आउट राउण्ड पनि समापन भएको छ। ब्याटल राउन्डको अन्त्य संगै अब लायीभ राउण्ड सुरु भएको छ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।
यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , ‘हामीले हाल सम्म सैयौँ कार्यक्रमहरूकोलागि खल्ती भोटिङ प्ल्याटफर्मको प्रदान गर्दै आईरहेका छौं । यसै अनुरुप हामीले हिमालयन टिभी’ र ‘द भ्वाइस अफ नेपाल’ सँग को सहकार्यमा ‘द भ्वाइस अफ नेपाल किड्स’ को सिजन १ र २ साथै ‘द भ्वाइस अफ नेपाल’को सिजन ४ र हाल सिजन ५ मा पनि भोटिङ सुबिधा उपलब्ध गराउन पाउँदा निकै खुशी छौं। अब खल्ती प्रयोगकर्ताले आफू जहाँ भए पनि आफ्नो मनपर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्नेछन् । आगामी दिनमा हामी अझ धेरै भन्दा धेरै कार्यक्रमहरूलाई यो प्ल्याटफर्मको सुविधा प्रदान गर्ने कुरामा हामी बिश्वस्त छौँ । ‘
ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence
Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ । खल्तीमा देशभरिका ३३ लाख भन्दा
बढी प्रयोगकर्ताहरू, 1 लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट , ५०+ बैंक तथा वित्तीयय संस्था, १५००+ सहकारी
र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ । सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने
उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा,
र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै
डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.